काठमाडौं, ५ कात्तिक । बमकाण्डको आरोपमा १२ वर्षपछि पक्राउ परेका रौतहट क्षेत्र नम्बर–२ का सासंद तथा पूर्वमन्त्री मोहमद अफताब आलमले प्रहरी अनुसन्धानका क्रममा पोलिग्राफ टेस्ट दिन मानेका छैनन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार घटनाको अनुसन्धानका क्रममा अफताब आलमको पोलिग्राफ टेस्ट गर्नुपर्ने भएको छ । अनुसन्धान र सोधपुछका क्रममा आरोपित व्यक्तिले झूट बोले–नबोलेको पत्ता लगाउन पोलिग्राफ टेस्ट गर्ने गरिन्छ । पोलिग्राफ टेस्टका क्रममा बयान दिइरहेको व्यक्तिको शारीरिक प्रतिक्रिया परीक्षण गर्ने गरिन्छ ।
‘अनुसन्धानका क्रममा आवश्यक्ता अनुसार हामीले आलमको पोलिग्राफ टेस्ट गर्नेछौँ ’, जिल्ला प्रहरी कार्यालयका डीएसपी नविन कार्कीले भन्नुभयो, ‘आलमले भने पोलिग्राफ टेस्ट गर्न मानेका छैनन् ।’
प्रतिक्रिया दिनुहोस्