ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विप्लव नेतृत्वको नेकपाको कार्यकर्ता बताउने अर्जुन नामका युवाले बेस्सरी गाली गर्दै लौराले पिटे– डम्बर सिंह


एबीसी न्यूज
६ कार्तिक २०७६, बुधबार   १२ : ३७   बजे

जाजरकोट, , ६ कात्तिक ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य निरज आचार्य र कर्णाली प्रदेश समितिका सदस्य डम्बरसिंहमाथि बुधबार बिहान आक्रमण भएको छ । जाजरकोटको बारेकोट गाँउपालिकामा पालिका स्तरीय नेकपाको पर्टी कमिटीका पदाधिकारीलाई सपथ खुवाउन जाँदै गर्दा बाटोमै नेत्र विक्रम चन्द विप्लवका कार्यकर्ताले उनीहरुमाथि आक्रमण गरेका हुन् ।

बारेकोट गाँउपालिका –८ राहपानी झरना नजिकैको भीरमा केन्द्रीय सदस्य निरज आचार्य र कर्णाली प्रदेश समिति सदस्य डम्बर सिंहमाथि आक्रमण भएको हो बाटोमा हिँडिरहेको बेला एक्कासी विपरित दिशावाट आएका पाँच जना मध्येका एक जनाले सुरुमा र त्यसपछि सबैले लठ्टी प्रहार गरी आफूहरुलाई घाइते बनाएको डम्बरबहादुर सिंहले बताउनुभयो ।

केन्द्रीय सदस्य निरज आचार्यले टेलिफोनमा भन्नुभयो ‘गौरामा बसेर आक्रमण गर्ने योजना बनाएका रहेछन् ,अप्ठेरो ठाउँमा पुग्ने बित्तिकै आक्रमण सुरु भयो माथिबाट ढुङ्गा गुडाएर अगाडि बढ्न पनि दिएनन् त्यसपछि हामी फर्कियौँ अहिले नलगाडन नगरपालिकामा रहेको स्वास्थ्य चौकीमा प्राथमिक उपचार गराइरहेका छौँ ।’

आफूलाई विप्लव नेतृत्वको नेकपाको कार्यकर्ता बताउने अर्जुन नामका युवाले बेस्सरी गाली गर्दै लौराले पिटेको डम्बरबहादुर सिंहले बताउनुभयो ।

नेकपाका जाजरकोट पार्टी अध्यक्ष ढकवीर रानाले घटना निकै दुःखद् भएको र घटनामा संलग्न भएकाहरुलाई कडा कारबाही हुनुपर्ने बताउनुभयो । यसबारे जाजरकोट प्रहरीले घटनाको बारेमा भर्खरै थाहा पाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामबहादुर खत्रीले घटनाबारे जानकारी पाएपछि घटनास्थलतर्फ प्रहरी टोली प्रस्थान गरिसकेको र घटनामा संलग्नहरुको खोजी कार्य भइहेको बताउनुभयो ।

विप्लव नेतृत्वको नेकपाका जाजरकोट इञ्चार्ज प्रेमप्रकाश वलीले नेकपाको सरकारले आफ्ना कार्यकर्तालाई पक्राउ गरेका कारण यस्तो कदम चालिएको बताउनुभयो । यस्तै, जिल्लाका अन्य पालिकामा पनि सत्तारुढ दल नेकपाका नेतामाथि आक्रमण हुन सक्ने चेतवानीसमेत उहाँले दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group