ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपनिर्वाचनमा तालमेल गर्ने नेकपा र राजमोबीच सहमति


एबीसी न्यूज
६ कार्तिक २०७६, बुधबार   ३ : १८   बजे


काठमाडौं, ६ कात्तिक ।  राष्ट्रिय जनमोर्चा र नेकपाबीच उपनिर्वाचनमा प्रतिनिधसभा र प्रदेशसभामा तालमेल गरेर जाने सहमति भएको छ । बुधबार नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र राष्ष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीबीच भएको भेटभाटमा चुनावी तालमेल गर्ने सहमति भएको हो ।

भेटमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई तथा राजमोका महासचिव जनकराज शर्मा, सचिव हिमलाल पुरी र पूर्व सचिव कृष्ण अधिकारी सहभागी हुनुहुन्थ्यो ।

भेटमा प्रधानमन्त्री ओलीले वामन्थी आन्दोलनलाई बलियो बनाउन वामदलहरुबीच सहकार्यको आवश्यकता औँल्याउनुभयो । नेकपाका अध्यक्षसमेत रहेका ओलीले विगतको निर्वाचनमा जुन दलले जहाँ जितेको थियो, उपनिर्वाचनमा पनि सो स्थानमा अर्को दलले सघाउने गरी तालमेल गर्नुपर्ने बताउनुभएको थियो ।

भेटघाटमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले पनि वामपन्थी दलहरुबीचको सहकार्यमा जोड दिँदै देशमा पुनः प्रतिगामी शक्तिहरु सल्बलाउन थालेकोप्रति सचेत रहन आग्रह गर्नुभयो । अध्यक्ष केसीले प्रधानमन्त्री ओलीलाई आफ्नो दलले सरकारलाई दिएको समर्थन अहिले पनि कायम रहेको जानकारी दिँदै तर सरकारले कैयौँ आचरणमा सुधार गर्नुपर्ने सुझाव पनि दिनुभयो ।

आगामी मंसिर १४ गते प्रतिनिधसभा अन्तर्गत कास्की क्षेत्र नं‍ २, प्रदेशसभा अन्तर्गत दाङ ३ (ख), भक्तपुर १ (ख0 र बागलुङ २(ख) मा उपनिर्वाचन हुनेछ । ति क्षेत्रहरुमा कास्की २ बाट निर्वाचित नेकपाका सांसद तथा बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा १५ फागुनमा निधन भएको थियो । भने दाङ ३ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको कार दुर्घटनामा निधन भएपछि खाली भएको हो । भक्तपुर १ (ख) बाट निर्वाचित हरिशरण लामिछानेको उच्च रक्तचाप बढेपछि उपचारका क्रममा निधन भएको थियो । त्यस्तै, बाग्लुङ २ (ख) बाट गण्डकी प्रदेश सांसद टेकबहादुर घर्तीको जन्डिसका कारण निधन भएको थियो ।

राजमोले मंगलबार मात्रै उपनिर्वाचनमा तालमेलबारे आफ्नो धारणा स्पष्ट पारेको थियो । राजमोले केन्द्र र प्रदेशमा वामपन्थी दलसँग मात्रै तालमेल गर्नेछ भने स्थानीय तहमा कांग्रेससँग पनि तालमेल गर्ने नीति खुला राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu