ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खजुरा सम्मेलन : १५, २० वर्षसम्म गर्ने कामको योजना बनाउनुपर्छ – मुख्यमन्त्री पोखरेल


एबीसी न्यूज
६ कार्तिक २०७६, बुधबार   ९ : १६   बजे


नेपालगंज, ६ कात्तिक ।  पछिल्लो समय स्थानीय सरकारहरुले समेत केन्द्र सरकारको झझल्को दिनेगरी ठूला कार्यक्रमहरु आयोजना गरिरहेका छन् । केही समयअघि रुपहेन्दीको एक स्थानीय तहले लगानी भित्राउने उद्वेश्यका साथ लगानी सम्मेलन गरेको थियो ।

बाकेको खजुरा गाउपालिकाले पनी बृहत् खजुरा सम्मेलनको आयोजना गरेको छ । गाउपालिकाले योजना निर्माणमा टेवा पु¥याउने उद्देश्यले नै वृहत खजुरा सम्मेलनको आयोजना गरेको हो ।

बिहीबारसम्म चल्ने सम्मेलनमा विज्ञहरुले तयार पारेका विभिन्न बिषयका कार्यपत्र प्रस्तुत हुनुका साथै त्यसमाथि छलफल समेत हुनेछ । सम्मेलनमा देश तथा विदेशमा रहेका खजुराबासीहरु उपस्थित भएर यहाको विकासको बारेमा प्रत्यक्ष रुपमा छलफल गर्नेछन् । सम्मेलनबाट खजुराबासीहरुले दिएको सुझावको आधारमा गाउपालिकाले योजनाहरु अगाडि सार्नेछ ।

खजुराबासीको सिकाई आदानप्रदान गर्न र खजुरा क्षेत्रका विषय विज्ञ, प्राज्ञिक सामाजिक तथा आर्थिक विकासमा अभ्यासरत व्यक्तित्वहरुबाट पृष्ठपोषण ग्रहण गर्ने उद्देश्य राखिएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतीले बताए । उनका अनुसार सम्मेलनमा खजुरा घर भई विभिन्न क्षेत्रमा मानिसहरुको अनुभव र ज्ञान साटासाट गर्ने समृद्व खजुराको परिकल्पना समेत गरिनेछ ।

सम्मेलनमा विषय विज्ञहरुले तयार पारेको आर्थिक विकास, विकासमा जनसहभागिता, योजनावद्ध खजुरा शहर, लैंगिक र महिला सशक्तीकरण खजुरा, खजुरामा कृषि, खेलकुद, गुणस्तरीय स्वास्थ्य सेवा लगायतका विषयमा कार्यपत्र प्रस्तुत र छलफल सहित कार्यपत्र पारित गरिने छ । सम्मेलनको उद्घाटन गर्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले १५, २० वर्षसम्म गर्ने कामको योजना बनाउनुपर्ने बताएका थिए । गाउ“पालिका भित्र रहेका विभिन्न कामहरुलाई १५, २० वर्षसम्म कसरी अगाडि बढाउने भन्ने कुरामा सम्मेलन केन्द्रित हुनुपर्नेमा उनले जोड
दिए । त्यसो हुन सकेमात्र समृद्व खजुरा हुनसक्ने मुख्यमन्त्री पोखरेलको भनाई छ ।

सम्मेलनमा देश तथा विदेशमा रहेका दुई सय ५० भन्दा बढी खजुराबासी नागरिकहरुको सहभागिता रहेको छ । खजुरामा पहिलोपटक भएको सम्मेलनले नीतिगत रुपमा ठूलो टेवा पु¥याउनुका साथै समृद्ध खजुराको सपना पुरा गर्न कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group