ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

९ महिनाअघि नै बर्दियाको ओराही खोलामा पुल बन्यो, निर्माण व्यवसायीलाई सम्मान


एबीसी न्यूज
७ कार्तिक २०७६, बिहिबार   १० : ०२   बजे


काठमाडौं, ७ । कात्तिक   बर्दियाको पर्यटकिय क्षेत्र ठाकुरद्धारा र पुर्वपश्चिम राजमार्ग जोड्ने सडक खण्डमा रहेको ओराही खोलामा पुल नौ महिना अगाडी निर्माण सम्पन्न भएको छ ।

पुलले ठाकुरबाबा नगरपालिकाको आम्बासादेखि बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय जोड्ने छ । ठाकुरबाबा नगरपालिकाका वडा नं ६, ७, ८ र ९ का साथै मधुवन नगरपालिकाको वडा नं १ जोड्ने पुल आजदेखि सुचारु भएको हो ।

एक सय ७० मिटर लामो पुल ९ करोड ९६ लाख लागतमा २०७४ सालदेखि निर्माण सुरु भएको थियो । मितिभन्दा अगावै पुल निर्माण सम्पन्न भएपछि जिल्ला प्रशासन कार्यालय बर्दिया र सडक डिभिजन कार्यालय बाँकेले मेनका निर्माण सेवाका प्रोप्राईटर तिलक राम लम्साललाई सम्मान गरेको छ । अन्य निर्माण व्यवस्यीलाई पनि प्रोत्साहन होस् भनेर निर्माण व्यववसायीलाई सम्मान गरीएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले बताउनुभयो ।

ठेक्का सम्पन्न भएर कार्यादेश पाउँदा समेत समयमा वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन नआउँदा निर्माण सम्पन्न गर्न अझै ढिलाई भएको निर्माण व्यवसायी लम्सालले बताउनुभयो ।

पुल निर्माणसँगै बर्दियाको पर्यटकिय क्षेत्र ठाकुरद्वारा आवातजावतमा सहज हुने भएको छ । बर्षातको समयमा ओराही खोला बढेर घण्टौँसम्म यातायात अवरुद्ध हुने गरेको थियो । कतिपय सवारी साधनहरु आवत जावतको क्रममा बग्ने समेत गरेका थिए । ओराही खोलामा पुल नभएको कारणले बर्दिया राष्ट्रिय निकुञ्जमा आउने पर्यटकमा समेत नराम्रो असर परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu