ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ अधिकारहरुसँगै संयुक्त टोली बनाएर नेपालको बजार अनुगमन गर्ने


एबीसी न्यूज
७ कार्तिक २०७६, बिहिबार   ३ : ०३   बजे

काठमाडौ , ७ कात्तिक । संसदीय समितिले चिनियाँ अधिकारीहरुलाई पनि नेपालको बजार अनुगमनमा सहभागी गराउन पहल गर्ने भएको छ ।

संघीय संसद अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले बिहीबार चीनका राज्य प्रशासन तथा बजार अनुगमन उपमन्त्री ताङ जुन नेतृत्वको टोलीसँग सिंहदरबारमा बजार अनुगमनबारे अनुभव आदानप्रदान गरेपछि चिनियाँ अधिकारीहरुलाई पनि नेपालको बजार अनुगमनका सहभागी गराउन पहल गर्ने प्रतिबद्धता जनाएको हो ।

समितिका सभापति विमलप्रसाद श्रीवास्तवले समय मिलाएर चिनियाँ अधिकारहरुसँगै संयुक्त टोली बनाएर नेपालको बजार अनुगमन गर्न पहल गर्ने निष्कर्ष बैठकमा निकालिएको पनि बताउनुभयो ।

बैठकमा चिनियाँ बजार अनुगमन उपमन्त्री जुनले चिनियाँ बजारको अनुगमनको अनुभव सुनाउनु भएको थियो भने समितिका सदस्यहरुले नेपालको बजार अनुगमनबारे जानकारी गराएको थियो ।

चिनियाँ टोलीले चीनको बजार अनुगमनका लागि आउन पनि समितिका सभापति श्रीवास्तावलाई निमन्त्रणा गरेको थियो । बैठकमा दुवै पक्षबीच खाद्य सम्प्रभुताका विषयमा पनि छलफल भएको थियो ।

त्यस अवसरमा समितिका सभापति श्रीवास्तवले चीनको बजार अनुगमनको अनुभव सेयर गरेकोमा चिनियाँ प्रतिनिधिमण्डलप्रति आभार पनि व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu