ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चौकी छिरे डिएसपीलाई दिए अटोग्राफ दिए भन्ने गायकलाई अभद्र व्यवहारको मुद्दा


एबीसी न्यूज
७ कार्तिक २०७६, बिहिबार   ४ : १८   बजे


काठमाडौं । चर्चित र्‍यापर समिर तामाङ भिटेन लाई अभद्र व्यवहारको मुद्दा चलाइने भएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई बिहीबार जाउलाखेलबाट पक्राउ गरेको थियो ।

पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’मा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरलाई लिएर पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

पक्राउ परे लगतै उनको यो गीतलाई युट्युबबाट हटाउने लगाइएको थियो । उनलाई अभद्र व्यवहारको मुद्दा चलाइन महानगरीय प्रहरी वृत्त ललितपुर पठाइएको छ ।

प्रहरी पोशाकको दुरुपयोग गरेको तथा प्रहरीको अपमान गरेको आरोपमा पक्राउ परेका भिटेनलाई अभद्रमा मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । उनले प्रहरी पोशाकमा चुरोट खाइरहेको तस्बिर फेसबुक प्रोफाइल तस्बिर बनाएका थिए।

बिहीबार बिहान पक्राउ परेका र्‍यापर ‘भिटेन’लाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अभद्र व्यवहार गरेको आरोपमा म्याद थप्ने तयारी गरेको छ । पक्राउ परेका भिटेनलाई बिहीबार दिउँसो मेडिकल जाँचको लागि अस्पताल लगिएको छ । ‘हामी यस्तै त हो नि ब्रो’ गीतमा उनले आपत्तिजनक र अश्लील शब्द प्रयोग गरेको भन्दै प्रहरीमा सूचना आएको थियो ।

यसअघि महाशाखाले अश्लिल शब्द प्रयोग भएका गीत गाएको भन्दै गायक दुर्गेश थापालाई पक्राउ गरेको थियो । ह्याप्पि तिहार, चिसो वियर बोलको गीत गाएका थापाले सार्वजनिक रुपमा माफी माग्नुका साथै उक्त गीत यूट्यूबबाट हटाएपछि रिहा भएका थिए ।

गीत चार महिना अघि, पक्राउ अहिलेः
जुन गीतमा प्रहरीलाई जथाभावी भनेको भन्दै भिटेनलाई पक्राउ गरियो त्यो गीत आजभन्दा चार महिना अघि सार्वजनिक भएको थियो । भिटेन म्युजिक नामक यूट्यूबबाट जुन ७ मा सार्वजनिक भएको ‘हामी यस्तै त हो नि ब्रो’ गीतमा प्रहरीलाई नै जथाभावी भनेको भन्दै प्रहरीमा उजुरी परेका थियो ।

के छ त्यस्तो  शब्द?
उक्त भिडियोमा उनले रक्सी तथा प्रतिबन्धित गाँजाको शब्द समेत प्रयोग गरेका छन् । गीतमा ‘पुलिस चौकी भित्र बस्छु गर्छु दारु खादै मस्ती, शारुखानलाई लोन दिए अस्ती’ जस्ता विवादित शब्द प्रयोग गरेका छन् ।

त्यस्तै ‘।यक्तिकैमा समाउन आयो अपराध, बाल छैन्, मत झ्याप, चौकी छिरे डिएसपीलाई दिए अटोग्राफ, त्यो देख्दा डण्ठेहरुलाई आयो हर्टअट्याक‘ समेत भिटेनको र्‍यापमा प्रयोग गरिएको शब्द हो । त्यस्तै यस्ता अनेकन प्रकारका अश्लिल तथा अपशब्द उनको गीतमा प्रयोग गरिएको छ ।

यसैगरी उनले प्रहरीलाई इंगित गर्दै ‘डन्ठेहरुलाई ‘फक’ साइन। अनि हान्दै हिँड्छु थग लाइफ’ समेत भनेका छन्। युवाबीच लोकप्रिय भिटेनलाई गत वर्षमात्र पोखरामा स्टेज कार्यक्रममा ढुंगा प्रहार गरिएको थियो।

सरकारको नजरमा उरन्ठेउला गीतः
गायक पशुपति शर्माले ‘लुट्न सके लुट कान्छा’ बोलको गीतमा प्रश्न उठेपछि गीत नै यूट्यूबबाट हटाए । गीतको विषयमा प्रश्न उठेपछि गीत हटाउँदा सरकारमाथि जनआक्रोश निकै बढेको थियो । पशुपतिको गीत विवादमा आएको आठ महिनापछि गायक दुर्गेश थापाको ‘ह्याप्पी तिहार, चिसो वियर’ मा प्रतिबन्ध लाग्यो ।

दुर्गेशले आफ्नो गीतमा वियरको प्रचार गरेको तथा प्रतिबन्धित गाँजाको विषय उठान गरेको भन्दै गृह मन्त्रालय अपराध महाशाखालाई पठाएको पत्रका आधारमा प्रहरीले थापाको उक्त गीतमा प्रतिबन्ध लगाएको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले गीतका विषयमा छलफल गर्न अपराध महाशाखालाई थापालाई झिकाउन निर्देशन दिएको थियो । तर प्रहरीको अनुरोधलाई बेवास्था गर्दै हिडेका उनी अन्ततः असोज ५ गते पक्राउ परेका थिए ।

दुर्गेशले गीत हटाउनुका साथै सार्वजनिक रुपमा माफी समेत मागेका थिए । माफी मागेको केही समयपछि उनले त्यही गीतलाई पुनः अपलोड गर्दै अश्लिल शब्द म्यूट गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group