ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध छ– प्रवक्ता श्रेष्ठ


admin
७ कार्तिक २०७६, बिहिबार   ७ : ५८   बजे

काठमाडौं, ७ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपा का प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकार देशमा सुशासन र अमनचयन कायम गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । नेकपा गोरखाको आरुघाट गाउँपालिका–१ र २ को संयुक्त आयोजनामा आज मान्बुमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले नेकपा नेतृत्वको सरकार शक्ति र पहुँचका आधारमा नभई कानूनी राज्यमा विश्वास गर्ने भएकाले कानूनको नजरमा सबैलाई समान हैसियतमा राखिने बताउनुभयो ।

“अपराध गर्ने जोसुकै भए पनि सरकार कानूनी दायरामा ल्याउन प्रतिबद्ध छ भन्ने कुरा पछिल्लो घटनाक्रमले देखाएको छ”, उहाँले भन्नुभयो, “यसले अहिले नेपाली जनतामा कम्युनिष्ट सरकारप्रतिको विश्वास र भरोसा पनि बढाएकोे छ ।” बाह्र वर्ष पहिलेदेखि लुकेका आपराधिक घटनालाई समेत अनुसन्धानको दायरमा ल्याएर कम्युनिष्ट सरकारले अपराध गर्ने कसैलाई छुट दिँदैन भन्ने प्रमाणित गरेको प्रवक्ता श्रेष्ठको भनाइ थियो । उहाँले विकास निर्माणका काममा सरकारले गति बढाउन शुरु गरेको भन्दै नागढुङ्गा सुरुङ मार्गको शिलान्यास त्यसैको उदाहरण भएको उल्लेख गर्नुभयो ।

सडक मार्गको विकासबाट ग्रामीण क्षेत्रको विकासको ढोका खुल्ने भएकाले देशलाई समृद्धिको दिशामा अघि बढाउन भौतिक पूर्वाधार निर्माणको कामलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको उहाँले बताउनुभयो । “कम्युनिष्ट सरकारप्रति नेपाली जनताको बढी नै अपेक्षा छ, छिटो विकासले गति लियोस् भन्ने जनताको चाहना छ”, श्रेष्ठले भन्नुभयो, “सरकार पनि जनताको चाहनाअनुसार अघि बढ्न प्रतिबद्ध भएर लागिपरेको छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu