ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपराष्ट्रपति पुनद्वारा विद्यालय भवनको शिलान्यास


admin
८ कार्तिक २०७६, शुक्रबार   ६ : ५७   बजे

काठमाडौं, ८ कात्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनले हुम्लाको सिमकोटमा रहेको मानसरोवर माध्यमिक विद्यालयको नमूना विद्यालय भवनको आज शिलान्यास गर्नुभएको छ ।

सो अवसरमा उहाँले हिजोका दिनमा उत्पादनका हिसाबले पछि परेता पनि अबका दिनमा हुम्लाले समस्या भोग्नु नपर्ने बताउनुभयो । उहाँले सडक सञ्जालले नजोडिएको हुम्लाको विकासका लागि नेपाल सरकार र कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गर्दै कर्णाली करिडोरको गुरुयोजना तथा गौरवको योजना नेपाल सरकारको तालिकामा परिसकेको बताउनुभयो ।

सो योजना सरकारको तालिकामा परेसँगै काम पनि तीव्रगतिमा भइरहेको र करीब ७०÷८० किलोमिटर मात्रै हुम्ला आइपुग्न बाँकी रहेको उहाँले उल्लेख गर्नुभयो । भारत र चीन जोड्ने ठूलो करिडोर तथा एउटा हाइवेका रूपमा यसलाई विकास गर्ने नेपाल सरकार र कर्णाली प्रदेश सरकारको योजना रहेको उहाँले बताउनुभयो । यसलाई फाष्टट्र्याकका रुपमा चीन र भारतसँग मोटरबाटो निर्माण गर्ने योजना रहेको पुनले बताउनुभयो ।

मानसरोवर दर्शनका लागि हुम्लाबाट छोटो तथा सजिलो नाका भएकाले बाह्य पर्यटक यही जिल्ला भएर दर्शनका लागि जाने भएकाले कर्णाली करिडोरलाई पहिलो प्रथामिकता दिनुपर्नेमा उहाँको जोड थियो । उहाँले कर्णाली करिडोरको बाटो सञ्चालनमा आएपछि देश तथा विदेशबाट कैलाश, मानसरोवर दर्शनका लागि हजाराँै धार्मिक पर्यटक आउने हुँदा हुम्लाको मात्रै नभएर कर्णालीकै आर्थिक स्तरोन्नति हुने बताउनुभयो ।उपराष्ट्रपति पुनले हेलिकोप्टरमार्फत हिल्सा नाकामा गएर अवलोकनसमेत गर्नुभएको थियो । अवलोकनका क्रममा उहाँले पर्यटकीयस्थलबाट कर्णालीले पनि फाइदा लिनुपर्ने बताउनुभयो । यसैगरी आजै भएको नमूना विद्यालयको शिलान्यास कार्यक्रममा उपस्थित भएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारले प्रत्येक जिल्लामा एउटा नमूना विद्यालय निर्माण गर्ने बताउनुभयो ।

कर्णाली प्रदेशमा पर्यटकीय गन्तव्य, प्राकृतिक सौन्दर्य धार्मिक सभ्यता रहेको उहाँले बताउनुभयो । कर्णाली भाषा संस्कतिको उत्पत्ति भएको प्रदेश भएकाले यसलाई प्रचारका रुपमा पनि लिनुपर्ने उहाँको भनाइ थियो । उहाँले हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नका लागि प्रदेश सरकाले सिमकोटमा एक वर्षभित्र सडक पु¥याउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu