ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डिजिटल अर्थतन्त्रको आधार तयार पार्दै सरकार


admin
८ कार्तिक २०७६, शुक्रबार   ७ : ५९   बजे

काठमाडौं, ८ कात्तिक । ज्ञानमा आधारित समाज र डिजिटल अर्थतन्त्रका आधारको सवलीकरण गर्ने लक्ष्यका साथ सरकारले डिजिटल नेपाल फ्रेमवर्कका लागि आठ वटा क्षेत्रलाई समावेश गरेको छ । नागरिकलाई सरल र सहजरुपमा सार्वजनिक सेवा दिन र दिगो विकासका लक्ष्य हासिल गर्न डिजिटल फाउन्डेसन, कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त र शहरी पूर्वाधार गरी आठ वटा प्रमुख क्षेत्र छनोट गरिएका छ ।

सो फ्रेमवर्कले ती क्षेत्रलाई समेट्ने गरी नेपाललाई आर्थिक सामाजिक प्रगतितर्फ अग्रसर गराउने उद्देश्यका साथ जम्मा ८० वटा डिजिटल पहलसहितको कार्ययोजना समावेश गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीका अनुसार ‘डिजिटल नेपाल फ्रेमवर्क, २०७६’ सम्बन्धी कार्यक्रमले ज्ञानमा आधारित समाज तथा डिजिटल अर्थतन्त्रका आधार निर्माण गर्ने, प्रविधिको अधिकतम उपयोग गरी विकास र समृद्धिका लक्ष्य हासिल गरी आम नागरिकलाई प्रदान गरिने सार्वजनिक सेवा सरल र सहजरुपमा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

यस्तै प्रविधिको प्रयोगबाट उत्पादन लागत कम गर्ने उद्देश्यसहित डिजिटल नेपाल फ्रेमवर्कले सरकारी तथा निजी क्षेत्रबाट प्रवाह हुने सबै प्रकारका सेवा तथा कारोवार विद्युतीय माध्यमबाट सञ्चालन गर्ने व्यवस्था गरिएको छ । ‘डिजिटल नेपाल फ्रेमवर्क, २०७६’ नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । यही कात्तिक ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त फ्रेमवर्क स्वीकृत गरेको हो ।स्वीकृत फ्रेमवर्कले तथ्याङ्कको उत्पादन, प्रशोधन र वितरणको लागत कम गरी पहुँच सुनिश्चित गर्ने सुशासन, विकास र समृद्धि हासिल गर्न नीतिगत तथा प्रणालीगत स्थिरता प्राप्तिका लागि योगदान गर्ने अपेक्षा गरिएको छ ।

तीव्र विकास र उच्च आर्थिक वृद्धिका लागि समयसापेक्ष सूचना प्रविधिको उपयोग गरी आर्थिक तथा सामाजिक क्षेत्रमा रुपान्तरण गर्न आवश्यक रहेको उल्लेख गर्दै मन्त्रालयले राष्ट्रिय विकास र समृद्धिमा केन्द्रित भएको जनाएको छ ।

सन् २०२२ सम्ममा विकासशील राष्ट्र तथा सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गरी मध्यम आयको मुलुक बन्ने लक्ष्यतर्फ अग्रसर रहेको, देशका सामु रहेका चुनौतीलाई सम्बोधन गर्ने बृहत् उद्देश्यका साथ ‘समृद्ध नेपाल,सुखी नेपाली’ को आकांक्षा हासिल गर्न अघि बढिरहेको र त्यसमा प्रविधिका आधारित ज्ञान र लगानी दुवै अपरिहार्य रहेको उल्लेख गरेको छ ।

सरकारको उक्त आकाक्षाले पर्यटन क्षेत्रको विकास गर्दै क्षमता अभिवृद्धि गर्ने जल, यातायात, ऊर्जाक्षेत्र र सूचना प्रविधि पूर्वाधार निर्माणमा तीव्र जोड दिने लक्ष्य राखिएको छ । यस्तै उत्पादन र उत्पादकत्वमा अभिवृद्धि, प्रत्येक नागरिकलाई स्वास्थ्य बीमा र निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था, गरीबी, निरक्षरता र बेरोजगारीको अन्त्य र युवा प्रतिभाको विदेश पलायनमा उल्लेख्य कमी ल्याउनेजस्ता प्रमुख क्षेत्र समेटेको छ ।

सरकारी तथा निजी क्षेत्रबाट प्रवाह हुने सेवा तथा कारोवारलाई विद्युतीय माध्यमबाट सञ्चालन र व्यवस्थापन गर्न डिजिटल नेपाल फ्रेमवर्कले डिजिटल प्रविधिको व्यापक उपयोगमार्फत मुलुकमा सुशासन कायम गरी सार्वजनिक सेवा प्रवाह, समाज तथा अर्थतन्त्रका बृहत्तर आयामको रुपान्तरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group