असंलग्न आन्दोलन (नाम) को १८ औँ शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यहाँ रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पाकिस्तानी राष्टपति र बङ्गलादेशी समकक्षीसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज अपराह्न द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र सचिव शङ्करदास वैरागीले बताउनुभयो । आजै प्रधानमन्त्रीले अजरबैजानका राष्ट्रपतिसँग पनि भेटवार्ता गर्नहुनेछ ।
यसै वीच प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन संविधानसभा सदस्य तथा तत्कालीन नेकपा (एमाले) का केन्द्रीय सदस्य कमला सुवेदीको अल्पायुमै निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ । नेकपाका अध्यक्ष ओलीले आज ट्विट गर्दै दिवङ्गत सुवेदीप्रति श्रद्धासुमन अर्पणका साथ शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्