ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गर्ने विधि यस्तो छ


एबीसी न्यूज
१० कार्तिक २०७६, आइतबार   ८ : ४७   बजे


काठमाडौं, १०  कात्तिक। यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ ।  यमपञ्चकको दोस्रो दिन आइतबार बिहान घरघरमा कुकुरको पूजा गरी साँझ लक्ष्मीपूजा गरिँदै छ। प्रत्येक वर्ष कात्तिक कृष्ण चतुर्दशीमा कुकुर तिहार मनाइने र कुकुरपूजाको भोलिपल्ट औंसीमा लक्ष्मीपूजा गर्नुपने शास्त्रीय विधान भए पनि यस वर्ष तिथि घटबढका कारण आइतबार साँझ नै लक्ष्मीपूजा गरिने भएको हो। कुकुरलाई पशुको प्रतिनिधि तथा यमराजको कागपछिको दोस्रो प्रियभक्त मानिन्छ।

कुकुरलाई भैरवको वाहन पनि मानिन्छ। यस दिन कुकुरको पूजा गरी कुकुरलाई टीकामाला लगाइदिएर मीठामीठा पक्वान्न खुवाउने चलन रहेको छ। वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभागप्रमुख प्राडा देवमणि भट्टराईका अनुसार यस दिनलाई शास्त्रमा नरक चतुर्दशीका रूपमा उल्लेख गरिएकाले बिहान सूर्य नउदाउँदै तेल लगाएर नुहाउने र चारसरे दीप बालेर नदीमा बगाउनुपर्छ। कुकुरको पूजा गरी सो दिन बेलुका साँझमा यमलाई दीपदान गर्नुपर्ने पौराणिक ग्रन्थमा उल्लेख छ।

त्यस्तै समुन्द्र मन्थन गर्दा यसै दिन लक्ष्मी प्रकट भएको शास्त्रमा उल्लेख भएको आधारमा आइतबार साँझ नै लक्ष्मीपूजा मनाइँदै छ। ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको श्रद्धापूर्वक पूजा गर्नाले वर्षभर लक्ष्मीको बास हुन्छ भन्ने मान्यता रहेको छ। सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा यस बिहानै घर सफासुग्घर र लिपपोत गरी साँझ दीपावली गरेर लक्ष्मीलाई बोलाइन्छ। विशेषगरी घरका झ्यालढोका, कोठा, ढुकुटी,सँघार, कौसी, अटाली र भ(याङलगायत स्थानमा दीपावली गरिन्छ।

महालक्ष्मी पूजाको रातलाई सुखरात्रि पनि भनिन्छ। लक्ष्मी पूजाका लागि साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने ठाउँसम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ। पाइलैपिच्छे माटाको पालामा दीप प्रज्वलन गरी झिलिमिली बनाइन्छ। दीपावलीपछि पूजाकोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, जनाइसुपाडी, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ।

लक्ष्मीपूजासँगै कन्या वा छोरीचेलीलाई लक्ष्मीको रूपमा पूजा गरी दक्षिणासमेत दिइन्छ। घरमा लक्ष्मीपूजापछि रुपैयाँपैसा वा सुनचाँदीलगायत सामान घरबाहिर पठाए लक्ष्मी जान्छिन् भन्ने धार्मिक मान्यता रहेको छ। लक्ष्मीपूजा गरेपछि महिला दिदीबहिनी भेला भई समूहमा भैलो खेल्छन्। कात्तिक कृष्ण चतुर्दशी, औंसी र कात्तिक शुक्ल प्रतिपदाका दिन भगवान् विष्णुबाट स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले मागेर यी तीन दिन राज्य सञ्चालन गरेकाले बलिराजाले पठाएको भन्दै भैलो र देउसी खेली माग्ने चलन रहेको छ।

त्यस्तै सोमबार गाईगोरु र गोवद्र्धन पूजा गरी मनाइँदै छ। गोवद्र्धन पूजाका दिन गाई तथा गोरुको पूजा गरी तेल लगाइदिने, टीका लगाई चामलको रोटी तथा पीठो खान दिने प्रचलन छ। पौराणिक ग्रन्थमा इन्द्रको पूजा गर्ने चलनविरुद्ध श्रीकृष्णले गोकुलवासीलाई इन्द्रको सट्टा गोबरको थुप्रो अथवा गोवद्र्धन पर्वतको पूजा गराउन लगाएको आधारमा यस दिन गोवद्र्धन तथा गाईगोरु पूजा गर्न थालिएको उल्लेख छ।

त्यस्तै मंगलबार भाइटीका मनाइँदै छ। शास्त्रमा ‘भ्रातृपूजा’को रूपमा उल्लेख गरिएको सो दिन दिदीबहिनीले दाजुभाइको सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाई फूलमालाले सत्कार गर्ने धार्मिक विधान रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलका अनुसार भाइटीकाको शुभ साइत मंगलबार बिहान ११ः५५ मा रहेको छ। सो दिन बिहानै नुहाएर सबैभन्दा पहिले दियो, कलश, गणेश, अष्टचिरञ्जीवी तथा बिमिराको पूजा गर्ने चलन छ। त्यसपछि दाजुभाइको मंगलको कामना गर्दै ढोकामा ओखर तथा यमराजको पूजा गरी कालको बाटो पानी वा तेलले ७ घेरा हाली छेक्ने गरिन्छ। फूल, अक्षता, चन्दन र लावाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाएर सगुनका रूपमा दही दिनुपर्ने धार्मिक मान्यता रहेको छ।

टीकापछि दिदीबहिनीले दाजुभाइलाई सगुनसहित फलफूल, मिठाई, पानमसला, पाकेका मिष्ठान्नादि परिकार एवं लुगाकपडा दिने र दाजुभाइले दिदीबहिनीलाई पैसा, लत्ताकपडालगायत दिनुपर्ने संस्कार रहेको छ।

बहिनी यमुनाले दाजु यमराजको पूजा गरेको शास्त्रीय प्रमाणका आधारमा भाइटीकाको प्रचलन सुरु भएको पाणिनी संस्कृत विद्यालय विराटनगरका पं राजेन्द्र आचार्य बताउँछन्। उनका अनुसार यस दिन यमुना नदीमा नुहाई यमराजको पूजा गर्नाले यमलोक देख्नुनपर्ने पद्मपुराणमा उल्लेख छ। साथै यस दिन दाजुभाइ तथा दिदीबहिनीले आपसमा स्वागतसत्कार गर्नाले यमुनाको प्रार्थनाका आधारमा यमराजले यमुनालाई दिएका वरदानअनुसार दिदीबहिनीले उमेरमै विधवा हुनुनपर्ने र दाजुभाइको पनि आयु, सुखसमृद्धि बढ्ने तथा मृत्युपछि नरक जानु नपर्ने शास्त्रमा बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group