ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सगरमाथा बहस’ अर्थात्  ग्लोबल डाईलग मा प्रमुख रुपमा हिमालय, जलवायु परिवर्तन र भविष्यको मानवताको विषयमा छलफल गरिने(भिडियोसहित)


एबीसी न्यूज
११ कार्तिक २०७६, सोमबार   १ : २६   बजे

काठमाडौं, ११ कात्तिक । अजरबैजानको बाकुमा आयोजित असंलग्न आन्दोलन (नाम) राष्ट्रहरुको १८ औं शिखर सम्मेलन सकेर प्रधानमन्त्री केपी शर्मा ओलीको टोली आईतबार स्वदेश फर्केको छ । सम्मेलनमा विश्व शान्ति, समृद्धि, सहअस्तित्व र पारस्पारिक सम्मानका विषयमा घोषणा पत्र जारी भएको छ ।

अजरबैजानको बाकुमा आयोजित असंलग्न आन्दोलन ‘नाम’ राष्ट्रहरुको १८ औं शिखर सम्मेलन सम्पन्न भएको छ ।सम्मेलनमा नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास बैरागी, संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु २१ सदस्यी टोली रहेको थियो । सम्मेलनमा प्रधानमन्त्री ओलीले असंलग्न आन्दोलन ‘नाम’ राष्ट्रहरु शान्ति, सुरक्षा, न्याय र विकासको पयार्य रहेको बताउँदै सामूहिक शक्ति र क्षमताको लाभ लिन सक्नुपर्नेमा जोड दिए । विश्वव्यापी रुपमा उठीरहेको समस्या र मुद्दाहरुलाई बहस र छलफलको माध्यमबाट समाधानको बाटो निकाल्दै असंलग्न राष्ट्रहरुको विकासका लागि आपसी हित र पारस्परिक आत्मसम्मानको वातावरण निर्माण हुनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए ।

नेपालको वर्तमान परिस्थितीको चर्चा गर्दै प्रधानमन्त्री ओलीले आगामी अप्रिलमा नेपाललले विश्वव्यापी रुपमा उठिरहेको जल्दोबल्दो विषयमा अन्तराष्ट्रिय बहसका लागि ‘सगरमाथा बहस’ को आयोजना गरिने पनि उद्घोष गरे । ‘सगरमाथा बहस’ अर्थात्  ग्लोबल डाईलग मा प्रमुख रुपमा हिमालय, जलवायु परिवर्तन र भविष्यको मानवताको विषयमा छलफल गरिने पनि प्रधानमन्त्री ओलीले जानकारी दिए ।

नेपालले विगत देखि वर्तमानसम्म नै स्वतन्त्र राष्ट्रको नीति लिएर विदेशी राष्ट्रहरुसँग सम्बन्ध अगाडि बढाईरहेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए । अन्तराष्ट्रिय मामिलाको जटिलतालाई पनि विचार गर्दै स्वतन्त्र राष्ट्रको रुपमा नेपालले परराष्ट्र नीति अबलम्बन गर्दै आएको उनले दाबी गरे ।

सम्मेलनमा विगतका सम्मेलनले गरेका निर्णय कार्यान्वयनको दिशामा भएका प्रगति एवं समीक्षा गरी बाकु घोषणापत्र जारी गरिएको छ । बाङडुङ सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेकोले नाम सदस्यले विश्व प्रणालीमा अझ बढी भूमिका निर्वाह गर्न राष्ट्रहरुबीचको सहकार्य र एकतालाई थप बलियो बनाउन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group