काठमाडौं, ११ कात्तिक । हिन्दु परम्परा अनुसार कात्र्तिक कृष्ण चर्तुदशीका दिन भैरवको बहानको रुपमा कुकुरको पुजा गर्ने गरिन्छ । मानिसको निकट साथीको रुपमा मानिने कुकुर आज्ञाकारी र रक्षक भएकाले यसको पूजा गर्ने प्रचलन रहि आएको हो । यसै अवसरमा नेपाल प्रहरीले महाराजगन्जस्थित केन्द्रीय प्रहरी कुकुर तालिम स्कुलमा विशेष कार्यक्रम आयोजना गरी कुकुर पूजा गरेको छ ।
नेपाल प्रहरीले अपराध नियन्त्रण तथा अनुसन्धानका लागि प्रयोग गरेका तालिम प्राप्त कुकुरहरुको कुकुर तिहारको अवसर पारेर पूजा गरेको छ । केन्द्रिय प्रहरी तालिम स्कुलबाट तालिम प्राप्त कुकुरहरुलाई अपराध अनुसन्धानको कार्यमा परिचालन गर्ने गरिन्छ । कुकुर आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावर हुनुकासाथै अपराध अनुसन्धानमा भरपर्दो मानिन्छ । नेपाल प्रहरीले अपराध अनुसन्धान, लागू औषधको तलास र अन्य सुरक्षामा नेपाल प्रहरीले कुकुरलाई तालिम दिई प्रयोग गर्दै आएको छ ।
विश्वका विभिन्न देशमा प्रहरीले कुकुरको सहयोगमा विभिन्न खालका अपराधमा संलग्नहरु पत्ता लगाउन धेरै पहिलादेखि प्रयोग गरे पनि नेपालमा भने २०२६ सालबाट तालिम प्राप्त कुकुरलाई प्रयोगमा ल्याईएको हो । कुकुर जन्मेको ५–६ महिना देखि आधारभुत तालिम दिने गरिन्छ र आधारभुत तालिमपछि कुन–कुकुरको क्षमता कति भनेर मुल्याङन गरि फरक–फरक तालिम दिइने गरिन्छ । संसारमा पाइने १ सय ८९ प्रजातिका कुकुरमध्ये आठ प्रजातिलाई मात्रै नेपाल प्रहरीले अपराध अनुसन्धानमा प्रयोग गरिहेको छ ।
नेपाल प्रहरीसंग जर्मन सेफर्ड, ल्याब्रोडर, ककर स्प्यानियल, गोल्डेन रिट्रिभर, बिगल, बेल्जियम मेनोलोइज, ब्लड हाण्ड र डच सेफर्ड गरी आठ प्रजातिका ८५ वटा कुकुरलाई प्रहरीले अनुसन्धान तालिम दिएर प्रयोग गर्ने गरेको छ । नेपाल प्रहरीले आफनो सहयोगी साथीको रुपमा अनुसन्धानका लागि कुकुरको प्रायोग गर्दे आएको छ ।
जसबाट कहिलेकाही यस्ता घटना घट्छन, प्रहरीले पत्ता लगाउन मुस्किल पपरिरहेको अवस्थामा कुकुरले पत्ता लगाइदिएको छ । जसको कारण समेत प्रहरीमा कुकुरलाई बिषेश तालिम दिने गरिन्छ । विश्वभरका प्रहरीले अपराध अनुसन्धानमा कुकुरलाई प्रमुखताका साथ प्रयोग गर्ने गरेको पाइन्छ । कुकुरमा भएको अद्भुत क्षमताका कारण अपराधको जड पत्ता लगाउन तालिम प्राप्त कुकुरको प्रयोग गरिदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्