ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आमा भैली खेल्न जादाँ आगलागीमा परेर बालकको ज्यान गयो


एबीसी न्यूज
१३ कार्तिक २०७६, बुधबार   १० : २७   बजे

दैलेख, १३ कात्तिक । जिल्लाको नौमूले गाउँपालिका–६, गोगनपानीका प्रेमबहादुर थापामगरको घरमा बालिएको मैनबत्तीबाट आगलागी हुँदा चार वर्षीय बालक ईश्वर थापाको ज्यान गएको छ ।

कोठामा बालिएको मैनबत्तीबाट सल्किएको आगलागीमा ज्यान गुमाउने ईश्वर नौमूले गाउँपालिका–१, तोलीका गणेश थापामगरको छोरा हुन् । आमाबुवासँग मामाघर गएका बेला आगलागी भएपछि बालकको ज्यान गएको हो । कोठामा बालकलाई सुताएर आमा जिनीषा थापामगर र बुबा गणेश छिमेकमा देउसी खेल्न गएको बेला पल्लो कोठाबाट सुरु भएको आगोले पूरै घर जलेपछि बालकको ज्यान गएको प्रहरीले जनाएको छ ।

खरले छाएको दुई तले घरको माथिल्लो तलामा सुत्ने बालबालिकाले प्लाष्टिकको बट्टामाथि राखेर बालेको मैनबत्तीले टेबलमा राखेको सल र कापी किताब सल्किएर पूरै घर जलेको इलाका प्रहरी कार्यालय नौमूलेका इञ्चार्ज प्रहरी नायब निरीक्षक कर्णबहादुर चन्दले जानकारी दिनुभयो ।

आगलागीबाट घरसँगै जोडिएको खोरमा रहेका ५ वटा बाख्रा मरेका, घरमा भएको अन्न, लत्ता कपडा सबै नष्ट भएको र राति नै परिवारका सदस्यहरुलाई छिमेकीको घरमा सारिएको नौमूले गाउँपालिका–६ का वडाध्यक्ष दलबहादुर गुरुङले बताउनुभयो ।

घरको धुरीमा आगो लप्का पुगिसकेपछि छिटो छरितो सबैले भागेर ज्यान जोगाएका तर बालकलाई त्यहाँ सुताएको कुरा आगलागीपछि घटनास्थलमा आमा आइसकेपछि मात्र थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group