काठमाडौं, १३ कात्तिक । यू–१९ च्यालेन्जर सिरिज खेल्ने नेपाली टोलीको घोषणा भएको छ । र, ऋत गौतमले कप्तानीको जिम्मेवारी पाएका छन् ।
बुधबार घोषित टोलीमा लोकेशबहादुर बम, त्रितराज दास, विशाल विक्रम केसी, खडकबहादुर बाहोरा, अभिषेक बस्नेत, हरिबहादुर चौहान, अरुण ऐरि र कुशल मल्ल छन् । यस्तै विवेककुमार यादव, सूर्य तामाङ, तिलकराज भण्डारी, शेर मल्ल, आकाश चन्द, प्रतिश जिसी र गौतम केसी छन् ।
दीपक बोहोरा, दुर्गेश गुप्ता, निखिलकुमार सिंह र सोनु देवकोटा भने वैकल्पिक खेलाडीमा परेका छन् ।
नोभेम्बर १० बाट हैदराबादमा सुरु हुने प्रतियोगितामा भारतको निलो, रातो र पहेँलो गरी तीन टिम सहभागी हुनेछ भने नेपालको यू–१९ टिमले नेपाल ए नामबाट खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्