ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य, विहान प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिईने


एबीसी न्यूज
१४ कार्तिक २०७६, बिहिबार   ७ : १६   बजे

काठमाडौं, १४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नियमित स्वास्थ्य परीक्षणका लागि बुधवार बिहान धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल जानुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । आज विहान प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिने अस्पताले जनाएको छ ।

अस्पतालले बुधवार बेलुका प्रेस विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको स्वास्थ्यबारे आवश्यक परीक्षणहरु पूरा भएपछि बुधवार राति वा आजसम्ममा उहाँ निवास फर्कनु हुने जनाएको थियो । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले ‘आत्तिनुपर्ने कुरा केही छैन, सबै ढुक्क भए हुन्छ, उहाँलाई एकदम राम्रो छ, खाना खाइरहनुभएको छ, आराम गरिरहनुभएको छ’ भन्नुभयो ।

संचारकर्मीको जिज्ञासाको जवाफ दिँदै डाइरेक्टर डा पाण्डेले भन्नुभयो, “प्रधानमन्त्रीको उपचार गर्ने मुख्य डाक्टरमा प्राडा दिव्या सिंह शाह हुनुहुन्छ, हरेक परीक्षणको नतिजाहरु आएपछि त्यसलाई डाक्टरको टिमले विश्लेषण गर्नेछ, प्रधानमन्त्रीको स्वास्थ्य भनेको देशका लागि जिज्ञासाको विषय हो, आत्तिनुपर्ने छैन, उहाँको अवस्था सामान्य छ ।”

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्नका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल लगायतका नेता तथा मन्त्रीहरु अस्पताल पुग्नुभएको थियो ।

तर स्वास्थ्य चेकजाँचको रिपोर्टका आधारमा आकस्मिक डायलासिस गरिएको स्रोतले बताएको छ । यद्यपि अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डे र नेफ्रोलोजी अध्यक्ष एवं प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहले जारी गरेको प्रेस नोटमा भने यसबारे केही उल्लेख गरिएको छैन ।

प्रेस नोटमा प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको र बुभवार राति वा आजसम्म डिस्चार्ज हुने उल्लेख गरिएको छ । तर नेकपाको एक स्रोतसँग जिज्ञासा राख्दा प्रधानमन्त्रीलाई अझै केही दिन अस्पतालमा राखेर थप डायलासिस गरिने बताएको छ।  प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रधानमन्त्री ओली १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर जानुभएको थियो । २७ साउन स्वदेश फर्किएका ५ भदौमा फेरि सिंगापुर पुगे र नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत उपचार गरिएको थियो । २० भदौमा स्वदेश फर्किएका उहाँ पाँच दिनपछि त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर प्लाज्माफेरेसिस गर्दा मुटुमा राखिएको क्याथेटर निकालियो ।

२ कात्तिकमा फेरि अस्पताल जानुभएको थियो । ग्राण्डी अस्पतालमा दिनभर बसेर फर्किएका फर्कनु भएको थियो । तर निजी चिकित्सक डा. सिंहले नियमित स्वास्थ्य जाँच मात्र भएको बताउनुभएको थियो । बुधबार पनि उनी नियमित स्वास्थ्य जाँचका लागि अस्पताल पुगेको र छिट्टै फर्किने जानकारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group