ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिशुलीमा हुने अधिकाँस दुर्घटना चालकको लापरबाही, तीव्र गति, मादक सगै लागुपदार्थ सेवन र ओभरटेक (भिडियोसहित)


एबीसी न्यूज
१५ कार्तिक २०७६, शुक्रबार   १० : ५८   बजे

काठमाडौं, १५ कात्तिक ।  विसं २०३४ मा पृथ्वीराजमार्ग चिनिया सरकारले नेपाल सरकारलाई हस्तातरणपछि संचालनमा आएको हो । संचालनपछि दिनपछि त्रिशुली खण्ड अत्याधिक सडक दुघर्टना हुने गरेको छ । सडक संचालनमा आएको ११ वर्षपछि सडक दुर्घटनाको लेखाजोखा राख्न थालिएको हो ।

विसं २०४५ सालदेखि यस क्षेत्रमा भइरहेका सडक दुघर्टनाको विवरण सरकारले राख्दै आएको छ । सरकारले दुघर्टनाको विवरण राखेपनि दुघर्टनामा कमि ल्याउने प्रयास भएकै छैनन् । विसं २०६२ फागुन २३ गते जोगीमाराकै ज्यामिरेघाटबाट हाल सम्मकै ठूलो बस दुर्घटना भएको थियो । काठमाण्डौंबाट धरान जादै गरेको तिलगंगा यातायातको रात्रीबस त्रिशूलीमा खस्दा ५६ जनाको घटनास्थलमै मृत्यु भयो । त्यसैगरि विसं २०७३ असोज १० गते मुक्तिनाथबाट फकदै गरेका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिेरे मुग्लिन नजिकैको साविक दारेचोकको घोप्टेभीरबाट परिवारै सहित खसे । उक्त जीप र घिमिरे दुवैजना फेला परेनन् । विसं २०६४ भदौ १६ गते ४२ जना वौद्धमार्र्गी र आनीहरु बोकेर धरानवाट कँठमाडौं बस र शव निकाल्न एक हप्ता समय लागेको थियो ।

२०६८ दशैंमान्न काठमाडौंबाट गएका ४८ जना वेलायती सेनाका जवान र परिवारहरु चढेको रिजर्व वस गजुरी,को घाटवेंसी नजिकै वा¨ेमोडवाट खसेर ४ जनाको ज्यान बाहेक ४४ जनाको शव झिक्न बंगलादेशवाटै गोताखोर मगाउनु पर्को थियो । सोही स्थानमा गत २०७४ कार्तिक ११ गते छठ मनाएर सप्तरीवाट फर्कदै गरेका ३४ जना यात्रुको घटनास्थलमै मृत्यु भयो र १५ जना सकुसल उद्धार गरेको थियो ।

जिल्ला ट्राफिक कार्यालय ,गजुरीका अनुसार गत आर्थिक वर्षको साउनदेखि असार मसान्त सम्म मात्रै धादिङ जिल्ला अन्तर्गत पर्ने ८६ किमीको दुरीमा पर्ने पृथ्वीराजमार्गमा १ सय ३८ दुर्घटनामा ९३ जनाको मृत्यु, १ सय २३ जना सख्त घाईते र २ सय १० जना सामान्य घाईते भएका थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र प्रसाद भट्टका अनुसार अधिकांश दुर्घटनाको कारणमा विहानीपखको निद्रा, चालकको लापरबाही, तीव्र गति, मादक र लागुपदार्थ सेवन र ओभरटेक गर्ने कारण छन् । हाल सम्मका नयां पुराना तथ्याङ्क अध्ययन गर्दा पृथ्वीराजमार्गमा मात्रै २०४५ साल यता २ सय ६९ वटा यात्रुवाहक बस दुर्घटना भएको रेकर्ड गजुरी स्थित जिल्ला ट्राफिक कार्यालयसंग छ ।

वि.स. २०२४ सालमा देशभरि २ हजार सवारी साधन भएको बेला सोही आधारमा निर्माण गरिएको सडकमा हजारौं सवारीसाधन थपिँदा पनि सडकको गुणस्तर र क्षमता उस्तै छ । १० टन क्षमताका लागि बनाइएको राजमार्गमा ४० टनभन्दा बढी १६ चक्केमालबाहक ढुवानीका गाडी गुडाउने, दुर्घटनाबाट जोगाउन सडक किनारामा राख्नु पर्ने सुरक्षा उपाय नगर्दा राजमार्गको यो क्षेत्रमा दुर्घटना हुने गरेको छ । यस सडक खण्डका यी दुघर्टना प्रतिनिधिमूलक हुन् । यस सडकले धेर जीवनहरु अकालमै बितेका छन् । चालक र सवारी चालक मुख्य समस्या हुदा यस्तो वर्षेनी दुघर्टना घट्नुको साटो बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group