ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजगढ विमानथल निर्माणमा स्थानीयको साथ आवश्यक छ– नेता नेपाल


admin
१५ कार्तिक २०७६, शुक्रबार   १ : २४   बजे

काठमाडौं, १५ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपा का वरिष्ठ नेता माधवकुमार नेपालले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा स्थानीयवासीको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका–१६ पिलुवाका स्व–ईश्वरी बजगाईँको १३औँ दिनको पुण्यतिथिमा बारा आउनुभएका पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले विमानस्थलमा रहेका चुनौति पन्छाउन स्थानीयवासीको भरपुर साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

वातावरणको नाममा यो ठाउँबाट विमानस्थल अन्यन्त्र लैजाने षड्यन्त्र भएको भन्दै नेता नेपालले पैसा तथा वातावरणको बाहनामा निजगढ दोस्रो अन्तरराष्ट्रिय विमानस्थल अन्यन्त्र लान नसकिने बताउनुभयो । उहाँले कागजमा निजगढको नाम राखेर निजगढ दोस्रो अन्तरराष्ट्रिय विमानस्थल लुम्बिनी वा पोखरा जाने डर आफूलाई पनि रहेको बताउनुभयो ।

निजगढ दोस्रो अन्तरराष्ट्रिय विमानस्थललाई गतिदिन नेपाल सरकारले केही दिन पहिले निजगढ र सिराहामा भेला राखेको पनि उहाँले बताउनुभयो । बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाले एकै स्वरमा निजगढमा विमानस्थल बनाउनका लागि उचित रहेको बताएका नेता नेपालको भनाइ छ ।

“सर्लाहीवासीले दोस्रो अन्तरराष्ट्रिय विमानस्थल सर्लाही लाने प्रयास गरिसकेका भए पनि अनन्त निजगढमा नै बन्नेमा सहमति भएको पनि नेता नेपालले बताउनुभयो । नेता नेपालले निजगढ विमानस्थलको विकल्प नभएको पनि बताउनुभयो ।

उहाँले मलेशिया, बैंकक, टर्की, कोरिया, जापान जहाँ गए पनि एयरपोर्ट शहरभन्दा एक घण्टा टाढा हुने गरेको उल्लेख गर्दै काठमाडौँसँगको दूरी अझै घटाउन दूर्तमार्ग पुल र सुरुङमार्गको धेरै प्रयोग गरिने बताउनुभयो । नेता नेपालले वन मन्त्रालयमा पाँच वर्षदेखि रुख कटानको फाइल अड्केको बताउनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा बारा जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा प्रदेश नं २ सरकारका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल, जिल्ला समन्वय समिति बाराका प्रमुख नवलकिशोर सिंह, प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, नेकपाका केन्द्रीय सदस्य बलवीर चौधरी, ज्वाला साह, दिनेश राई, गोपाल ठाकुर, पूर्वमन्त्री पुरुषोत्तम पौडेल, प्रदेश सासंद सुन्दर विक, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा कृष्ण पौडेललगायतको विशेष उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group