काठमाडौं, १५ कात्तिक । राजधानीको लप्सेफेदीमा बिहीबार बेलुकी बस दुर्घटना हुँदा ज्यान गुमाएकाहरु मध्ये २ जनाको मात्रै परिचय खुलेको छ ।
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–८ की मिठु विक र मेलम्ची– १२ की कान्छीमाया तामाङको ज्यान गएको छ भने १ जना पुरुषको अझै परिचय खुल्न सकेको छैन ।
बिहीबार सिन्धुपाल्चोकबाट काठमाण्डौका लागि छुटेको बा ५ ख ५०७० नम्बरको बस काठमाण्डौको लप्सेफेदीमा दुर्घटना भएकोे थियो ।
दुर्घटनामा घाइते भएका ६५ जनामध्ये ३० जना उपचारपछि घर फर्किएका छन् भने बाँकीको काठमाडौका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुली नसके पनि धेरै यात्रु बोकेका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्