ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुत्केरीको मृत्युपछि विराट नर्सिङ होममा तनाव


admin
१५ कार्तिक २०७६, शुक्रबार   २ : २४   बजे

विराटनगर,१५ कात्तिक । विराटनगरको विराट नर्सिङ होममा उपचार गराउन भर्ना भएकी सुत्केरीको मृत्यु भएपछि मृतकमा आफन्तले प्रदर्शन गरेका छन् ।

सामान्य प्रसुतिमार्फत छोरा जन्माएकी सुनसरी दुहरी नगरपालिका– ८ रनी गाउँकी २० वर्षीया रमिला कार्की घिमिरेको मृत्यु भएपछि उनका आफन्तले प्रदर्शन गरेका हुन् । बिहीबार राति विरामीको मृत्यु भएपछि चिकित्सकको लापरबाहीका कारण घटना भएको भन्दै आफन्त र स्थानीयले नाराबाजी समेत गरेका थिए ।

मंगलबार विराट मेडिकल कलेज टंकीशिनवारीमा छोरा जन्माएकी रमिलाको रक्तश्राव नरोकिएपछि चिकित्सकले सोही दिन दिउँसो पाठेघर फालिदिएका थिए । तर होस नखुलेपछि बुधबार दिउँसो विराट नर्सिङहोममा ल्याएर भेण्टिलेटरमा भर्ना गरिएको थियो ।

रमिलाका श्रीमान भूपाल घिमिरेले दिउँसो ३ बजे शल्यक्रिया सफल भएको चिकित्सकले बताएता पनि विरामीको अवस्थामा सुधार नआएको बताउनुभयो । तर बुधबार बिहानसम्म होस् नआएपछि टिचिङ अस्पतालबाट विराट नर्सिङ होममा ल्याएको बताउनुभयो । मृतकका आफन्तले शल्यक्रियामा लापरबाही गर्ने चिकित्सकलाई कारबाही र घटनाको छानबिन हुनुपर्ने माग राखेका छन् ।

जन्मिएको बच्चाको पनि मुटुको धड्कन ठीक नभएको भन्दै एनआईसीयूमा राखिएको थियो तर नवजात शिशुको पनि मृत्यु भइसकेको छ । सिकारु चिकित्सकलाई शल्यक्रिया गर्ने जिम्मा दिएका कारण आफूहरुले परिवारको सदस्य र भर्खर जन्मिएको शिशु गुमाउनु परेको मृतककी काकी रिमला घिमिरेले बताउनुभयो ।

अस्पतालका सञ्चालक समेत रहेका डा ज्ञानेन्द्रमान सिंह कार्की नेत्रृत्वको चिकित्सक टोलीले शल्यक्रिया गरेको थियो तर शल्यक्रियामा कुनै लापरबाही नगरिएको विराट नर्सिङहोमका सञ्चालकसमेत रहेका चिकित्सक ज्ञानेन्द्रमानसिंह कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group