ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपहरणको आरोपमा दुई भारतीय नागरिक पक्राउ


admin
१५ कार्तिक २०७६, शुक्रबार   ७ : ०२   बजे

काठमाडौं, १५ कात्तिक । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–९ स्थित मामाघर आएकी आठ वर्षीया बालिकाको अपहरण गर्ने प्रयास गरेको आरोपमा दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत विहार राज्य सुपौल बैरियाघाटका २२ वर्षीय अमिर झा र सुपौलकै बथनाहाका २० वर्षीय आनन्द गोस्वामी रहेको प्रहरीले जनाएको छ । हजुरबुबाको श्राद्धमा मामाघर आएकी बालिका घरपरिवारका सदस्य भोजभतेरमा व्यस्त रहेका बेला आरोपितहरुले चिया र बिस्कुटको प्रलोभन दिई साइकलमा लैजाँदै गरेको बेला पक्राउ परेको इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी निरीक्षक कमलकुमार लुगेङ्लीले बताउनुभयो ।

साइकलमा चढाइ बजारबाट एक किलोमिटर पश्चिम पु¥याएका बेला स्थानीयवासीले दुवैलाई नियन्त्रणमा लिई बालिकाका मामा रवी शर्मालाई खबर गरेका थिए । अपरिचित युवासँग गइरहेको देखेपछि शर्माको घर आएकी बालिकासँग सोधपुछ गर्दा बालिकाले नचिनेको बताएपछि स्थानीयवासीले उनीहरुलाई नियन्त्रणमा लिएको बालिकाका मामा शर्माले बताउनुभयो ।

“श्राद्धको पूजा र भोजमा व्यस्त रहेका बेला गाउँलेहरुले अपरिचित दुई युवकले भाञ्जीलाई साइकलमा लैजाँदै छ भनेपछि हामी दौडिएर गयौं”, शर्माले भन्नुभयो, “हाम्रो भाग्य भनौ वा दिन दह्रो रहेछ गाउँलेहरुले बालिकालाई चिनेकाले सोधपुछ गर्दा अपहरण हुन पाएन र भाञ्जीलाई सकुशल पायौं ।”

चिया र बिस्कुटको प्रलोभन दिई बालिकालाई साइकलमा लैजाँदै गरेको बेला पक्राउ परेका अपरिचितलाई स्थानीयवासीले कुटपिटसमेत गरेका छन् । आरोपित दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो ।कोशी नदीबाट महिलाको उद्धारसप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका– १ स्थित सप्तकोशी नदीबाट प्रहरीले आज एक महिलाको उद्धार गरेको छ ।

कोशी ब्यारेजको ५२ नम्बर ढोकाबाट नदीमा हाम्फालेकी सप्तरीको खडक नगरपालिका–१० बनौली बस्ने उमेश चौधरीकी श्रीमती २१ वर्षीया मनिषा चौधरीलाई प्रहरीले उद्धार गरेको जनाएको छ ।

कोशी नदीमा छठघाट सरसफाइका लागि इलाका प्रहरी कार्यालय भारदहका प्रहरी नायब निरीक्षक मो। साकिर राईनको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनको उद्धार गरेको हो । हामफालेको देखेपछि तत्काल उद्धार गरी चौधरीलाई स्थानीय भारदह अस्पतालमा ल्याइएर उपचार गरिएको प्रनाउ राईनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group