ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपाको सचिवालय बैठक बस्दै, उप–निर्वाचनका उम्मेदवार टुंगो लगाउने


एबीसी न्यूज
१६ कार्तिक २०७६, शनिबार   ८ : ३०   बजे

काठमाडौं, १६ कात्तिक । उप–निर्वाचनमा उम्मेदवार तय गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक बस्ने भएको छ।

मंसिर १४ मा हुने उप–निर्वाचनका उम्मेदवारको टुंगो लगाउन बिहान १० बजे सचिवालयको बैठक बोलाइएको छ। प्रधानमन्त्री निवासमा बस्ने सचिवालय बैठकले जिल्लाबाट आएका नामबाट उम्मेदवार टुंगो लगाउने छ।

पार्टी केन्द्रले तीन जनाको नाम सिफारिस गर्न जिल्ला कमिटीहरूलाई निर्देशन दिएको थियो। कतिपय स्थानबाट तीन जना भन्दा बढी व्यक्तिको नाम सिफारिस गरिएको छ।‍ प्रतिनिधि सभा सदस्य रिक्त रहेको कास्की २ बाट तीन जनाको नाम केन्द्रमा पठाइएको छ।
जिल्ला कमिटीले विद्या भट्टराइको नाम सर्वसहमतिमा गरी केन्द्रमा पठाएको थियो। प्रदेश कमिटीले सोमनाथ अधिकारी ‘प्यासी’ र राजकाजी गुरुङको नाम थपेको थियो। बागलुङमा नेकपाले राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई सहयोग गर्ने भएको छ। गत निर्वाचनमा जनमोर्चाका उम्मेदवार टेक बहादुर घर्ति नेकपाको सहयोगमा निर्वाचित भएका थिए।

भक्तपुर १ ‘क’मा जिल्ला कमिटीले केन्द्रको निर्देशन विपरीत ६ जनाको नाम केन्द्रमा पठाएको छ। दाङ– ३ (ख)मा उत्तरकुमार वलीकी श्रीमती विमला वलीलाई टिकट दिने सम्भावना रहेको बताइएको छ। धरान उपमहानगरको मेयर पदमा प्रकाश राई, चोत्लुङ् लिम्बू, वेणु काफ्लेको नाम सिफारिस गरिएको छ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका,सङ्खुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिकामा अध्यक्षका लागि निर्वाचन हुँदैछ। हुम्लाको खार्पुनाथ गाउँपालिकामा उपाध्यक्ष पदका लागि उप–निर्वाचन हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group