ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटन विकास समिति बागलुङको अध्यक्षमा खड्का निर्वाचित


एबीसी न्यूज
१७ कार्तिक २०७६, आइतबार   १० : ४५   बजे


बलेवा, १७ कात्तिक । पर्यटन विकास समिति बागलुङको अध्यक्षमा राजु खड्का निर्वाचित हुनुभएको छ । शनिबार बागलुङबजारमा भएको समितिको प्रथम अधिवेशनले खड्काको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा राज थापा, उपाध्यक्षमा शेरमान घर्ती, महिला उपाध्यक्षमा भविकला रोका, सचिवमा अर्जुन चोखाल, सहसचिवमा नारायण आचार्य, कोषाध्यक्षमा नरेश कँडेल निर्वाचित हुनुभएको छ । सदस्यमा प्रेम लामिछाने, किरण आचार्य, दानबहादुर थापा, बेगमती घर्ती, गण्डकी थापा, कमला पुनमगर, वीरजङ्ग भण्डारी, सञ्जय श्रेष्ठ र हीरा पुन रहनुभएको छ । आठ सदस्यीय आमन्त्रित सदस्यमा विजय राना, झमन पाण्डे, खिमबहादुर थापा, टीका सङ्गम विक, राजु आचार्य, जीतबहादुर क्षेत्री, कौशिला पुन र ज्ञानेन्द्र ढकाल चयन हुनुभएको छ ।

तीन सदस्यीय लेखा समिति संयोजकमा विष्णु अधिकारी रहनुभएको छ । सदस्यमा टेकबहादुर क्षेत्री, केशव कार्कीलाई मनोनित गरिएको समितिले जनाएको छ । बागलुङको पर्यटन विकासमा सहयोग पु¥याउन भन्दै एक वर्ष अघि बनेको तदर्थ समितिले सबै प्रक्रिया पूरा गरेर पहिलो अधिवेशन गरेको हो ।

तीस स्टेचर वितरण

बलेवा समाज अमेरिकाको सहयोग र सहयात्रा फाउण्डेशन बागलुङको आयोजनामा जिल्लाको बलेवा क्षेत्रका हरेक गाउँमा स्टेचर वितरण गरिएको छ । शनिबार बागलुङ नगरपालिका–१४ नारायणस्थानमा एक कार्यक्रमको आयोजना गरी बलेवा क्षेत्रका साविकका सबै वडाका लागि स्टेचर वितरण गरिएको हो ।

नेपाल विद्यार्थी सङ्घका निर्वतमान उपाध्यक्ष डिल्लीराम सुवेदीको विशेष संयोजनमा हरेक गाउँ र टोललाई पुग्ने गरी स्टेचर वितरण गरिएको हो । स्टेचर वितरण कार्यक्रममा सुवेदीले स्वस्थ्य समाज निर्माणका निम्ति यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयोे । उहाँले आफ्नो जन्मभूमि र समाजप्रति विदेशमा रहेर पनि उत्तरदायी बनेकोमा बलेवा समाज अमेरिकाप्रति धन्यवाद प्रकट गर्नुभयो ।

बलेवा क्षेत्रका साविकका २७ वडामा ३० स्टेचर वितरण गरिएको थियो । जसका लागि बलेवा समाज अमेरिकाबाट १५ सय अमेरीकी डलर सहयोग प्राप्त भएको कार्यक्रम संयोजक बालकृष्ण शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group