काठमाडौं, १७ कात्तिक । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद बैठक बसेको हो । बैठकले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा भगवान कोइरालालाई नियुक्त गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले डा कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको हो।
डा कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्न समेत प्रस्ताव गरिएको छ। तर, त्रिविमा भन्दा डा कोइरालालाई काउन्सिलमा अध्यक्ष बनाउन उपयुक्त हुने सुझाव धेरैतिरबाट आएपछि उहाँलाई अध्यक्ष बनाइएको हो।
काउन्सिलको अध्यक्षमा डा कोइरालाको नियुक्तीपछि काउन्सिलमा धेरै सुधार हुने अपेक्षा सरकारको छ। चिकित्सकको आचार संहिता, लाइसेन्स, सिपिडी, नक्कली डाक्टर लगायतका विषयमा सुधारका काम डा कोइरालाले गर्न सक्ने भन्दै सरकारले उहाँलाई अध्यक्षमा नियुक्त गरिएको बुझिएको छ। काउन्सिल अध्यक्षको कार्यकाल ४ वर्षको हुनेछ। डा बास्कोटाको कार्यकाल जेठमा सकिएपछि अध्यक्षको पद रिक्त्त थियो।
केहिवेरमा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा उम्मेद्धवार तय गर्नको लागि सचिवालय बैठक बस्न लागेको हो । मन्त्रिपरिषद बैठक बस्नुअघि प्रधानमन्त्री ओली टिचिङ अस्पताल पुगेर एक्सरे गराउनुभएको थियो । त्यसपछि लगत्तै बालुवाटार आएर मन्त्रिपरिषद बैठकमा सहभागी हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्