काठमाडौं, १७ कात्तिक । काठमाडौंको चन्द्रगिरिस्थित चन्द्रगिरि केबुलकारले केवलकार चढ्ने ग्राहक ठग्ने गरेको जन गुनासो आएपछि आज वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमन गरेको छ । विभागको टोलीले केबुलकारको कार्यालयमा पुगेर अनुगमन गरेको हो ।
अनुगमनका क्रममा उक्त केवलकारमा दुईतर्फी केबुलकारको भाडा सातसय रुपैयाँ तोक्नुको स्पष्ट कारण खुलाइ सात दिन भित्र जवाफ दिन आदेश दिएको छ।
एक स्रोतका अनुसार केही समय अगाडि (हेलो सरकारुमा ) केबुलकारको भाडा महंगो लिएको गुनासो आएपछि विभागले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अनुसन्धान गर्नका लागि पत्र प्राप्त भएपछि अनुगमन गरी जवाफ माग गरेको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्