काठमाडौं, १८ कात्तिक । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले छिमेकी मुलुक भारत, चीन लगायत देशसंगको सम्वन्धलाई तुलनागर्न नमिल्ने बताउनु भएको छ ।
आज परष्ट्रमन्त्रालयले आयोजना गरेको संचारमाध्यमका सम्पादकहरु संगको छलफलमा मन्त्री ज्ञवालीले छिमेकी मुलुक संगको सम्वन्ध नयाँ उचाइमा पुगेको बताउनु भएको हो ।
परराष्ट्रमन्त्री ज्ञवालीले अहिले अन्तराष्ट्रिय सम्बन्धलाई राम्रो बनाउदै लगेको र विचार र सिद्धान्तका आधारमा सम्वन्ध विस्तार नहुने बताउनुभयो । उहाले परिर्वतनशिल विश्वमा भारत र चीन संगको सम्वन्धलाई तुलना गर्न नमिल्ने बताउदै विचार र दर्शनका आधारमा कुटनीतिक सम्वन्ध राख्ने समय बदलिएको समेत उहाले दावी गर्नुभयो ।
उहाले कार्यक्रममा नेपालमा लगानी गर्नको लागी महत्वपुर्ण विकाश साझेदार मुलुकहरुसंग आग्रह गरिरहेको तथा सकरात्मक प्रतिक्रिया आएको समेत बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्