काठमाडौं, १८ कात्तिक । बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । आज बसेको बैठकले प्रदेश प्रमुखको नाम टुंगो लगाएको छ ।
बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रदेश प्रमुखमा अमिक शेरचन (चितवन), तिलक परियार (बाँके), धर्मनाथ साह (सिरहा), सोमनाथ अधिकारी ‘प्यासी’ (कास्की), शर्मिला त्रिपाठी (चितवन), विष्णु प्रसाईं (झापा)र गोविन्द कलौनी (डडेलधुरा)लाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको हो ।
अव केहीवेरमा बस्ने मन्त्रिपरिषद् बैठकले नियुक्तीका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने तयारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्