ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘गाडीको टिकट पाउन युद्ध जित्नु जत्तिकै’


admin
१८ कार्तिक २०७६, सोमबार   ३ : १७   बजे

 

काठमाडौं, १८ कात्तिक । जागीर, अध्ययन, व्यापारका साथै मौसमी बसाइँ गर्नेहरुको अहिले दक्षिण झर्नेको चटारो बढेको छ । विभिन्न पेशा–व्यवसायमा कार्यरतलाई आफ्नो कार्य क्षेत्रमा बेलैमा पुग्नुपर्ने बाध्यता पनि त्यत्तिकै छ । मूलतः यतिबेला जाडो छल्ने कर्णाली प्रदेशका हिमाली जिल्लाका बासिन्दा भित्री मधेश तथा तराई भर्ने लहर चलेको छ ।

विशेषगरी जुम्लाबाट प्रस्थान गरेदेखि गन्तव्य सुर्खेत, बाँके, चितवन, कास्की, काठमाडौँलगायत पूर्वी क्षेत्रमा भएका यात्रुलाई यात्रा गर्न यति बेला निकै ठूलो सास्ती छ । निश्चित टिकट मूल्य दरभन्दा बढी पैसा तिर्दा पनि टिकट नपाउँदा धेरै यात्रुलाई सकस भएको छ । यात्रुलाई साना जीपदेखि ठूला बसको टिकट लिन शक्ति गुहार्नुपरेको छ । अन्य समयमा लिने भाडाभन्दा अहिले जुम्लाबाट तल यात्रु ओसार्ने गाडी सञ्चालकहरुले २०–२५ प्रतिशत बढाएर भाडा असुल्ने गरेको यात्रुले बताएका छन् ।

यद्यपि सोझासीभालाई टिकट पाउन युद्ध जित्नुजत्तिकै भएको छ । चन्दननाथ नगरपालिका–८ जुम्ला निवासी धनवीर नेपालीले सुर्खेतदेखि काठमाडौँ पुग्न कोचिएर जानेसमेत ठाउँ नभएको बताउनुभयो ।

जुम्ला चन्दनाथ नगरपालिकाकै बासिन्दा जगत् नेपालीले परिवारसहित यात्रामा हिँड्दा सँगै जाने टिकट नपाइएको दुःखेसो गर्नुभयो । “पैसा तिरेर पनि आफूले सोचेको टिकट र भनेको ठाउँमा जान नपाइने कस्तो विडम्बना हो रु” नेपालीले भन्नुभयो, “चाडअघि र चाडपछि हाम्रो यात्रा कहिल्यै सुखद भएन । शान्ति र स्वतन्त्रताका साथ यात्रा गर्ने दिन कहिले आउलान् रु”

जाजरकोट निवासी लोकेन्द्र रावलले गाडीको सिट पाउने कुरा धेरै परको भएको बताउनुभयो । त्यसमा भएको मुढा त के कोचिएर जानेसम्म ठाउँ पाउन गाह्रो भएको उहाँको भनाइ थियो । यसरी पटक पटक दुःख खेपिरहनुपर्ने नागरिकको अधिकार र सेवाका विषयमा तीनै सरकारको कुनै चासो नहुँदा एकातिर नागरिक ठगिने र अर्कोतिर बिचौलिया मोटिने काम भइरहेको उहाँले औँल्याउनुभयो ।

यस्तो बेला ज्येष्ठ नागरिक, गर्भवती, अपाङ्गता भएका, व्यक्ति र बालबालिकालाई बढी सकस हुने हुँदा सरोकार पक्षको ध्यान जानुपर्ने नेपाल ल क्याम्पस काठमाडौँमा दोस्रो वर्षमा अध्ययनरत रमेशकुमार सिंहले सुझाव दिनुभयोे । सिंहले रासससँग कुरा गर्दै भन्नुभयो, “जुम्लाबाट ठूलो सङ्घर्ष गरेर सुर्खेत झरियो । अब काठमाडौँको गाडी टिकट पाउन अझै चार दिन कुर्नुपर्ने भयो ।”

यात्रु कामना बोहोराले यस्ता यात्राले महिला बढी हिंसामा पर्ने गरेको दुःखेसो गर्नुभयो । गाडी व्यवसायीले यात्रु खचाखच हुने गरी हाल्दा यात्रा जोखिमपूर्ण बन्ने खतरा बढेको उहाँको भनाइ थियो । क्षमताभन्दा बढी यात्रु बोक्दा शनिबार कर्णाली राजमार्गअन्तर्गत कालीकोटको दही खोलामा भे१ख २४०६ फोर्स गाडी दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक यक्षराज जोशीका अनुसार घटनामा घाइते वीरेन्द्रनगर सुर्खेत निवासी चालक प्रदीप कसेराको कालीकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै गाडी साहु वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतका राजेश विष्ट र तिलागुफा नगरपालिका कालीकोटका तुले बोहोराको सुर्खेतमा उपचार भइरहेको छ । दशैँतिहारपछि यात्रु सङ्ख्या ह्वात्तै बढ्नु नै यात्रुले गाडी टिकट सहजै पाउन नसक्नुको मुख्य कारण भएको हिल्सा यातायात प्रालि सुर्खेतका सचिव जीवन शर्माले राससलाई जानकारी दिनुभयो ।

यात्रुको चाप बढे पनि तोकिएको रु एक हजार ७४२ भाडादरमा रु एक हजार ५०० सम्ममा पनि यात्रुलाई सेवा दिने गरिएको सचिव शर्माको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group