ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सयपत्री फुटवलको चौथौं संस्करण मंगलबारबाट


sharan sharan
१८ कार्तिक २०७६, सोमबार   ९ : ३९   बजे

बुटवल, १८ कार्तिक। सयपत्री युवा क्लब बुटवलले चौथौ संरस्करणको फुटबल प्रतियोगिता गर्ने भएको छ । स्व. ज्ञान बहादुर गुरुङको स्मृतिमा कार्तिक १९ गतेबाट चौथो सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगिता २०७६ गर्ने भएको हो ।
सोमबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको टिम दर्ता, रेफ्री ब्यवस्थापन, खेलमैदान तयारी, प्याराफिट निमार्ण लगायतका सबै काम सकिएको क्लबका अध्यक्ष कमल रानाले बताउनुभयो । प्रतियोगिताको उपाधि विजेताले नगद २ लाख २ हजार २ सय २२ रुपैयासहित कप, प्रमाणपत्र, मेडल पाउने उहाले बताउनुभयो । तेस्रो संस्करणमा प्रथम पुरस्कार नगद १ लाख १ हजार १ सय ११ रुपैया रहेको थियो । समयसापेक्ष पुरस्कार राशी दोब्बर वृद्धि गरिएको उहाले बताउनुभयो ।
यसैगरि उपविजेता टिमले नगद १ लाख १ हजार १ सय ११ रुपैयासहित कप, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने छ । प्रतियोगिता अवधिमा उत्कृष्ट खेलप्रदर्शन गर्ने सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार, ट्रफी, प्रमाणपत्र तथा विद्यागत उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट मध्यपंक्ति खेलाडी, अग्रपंक्ति खेलाडीहरुलाई जनही ५–५ हजारका दरले पुरस्कृत गरिने उहाले बताउनुभयो ।
हरेक प्रतियोगितामा एक जना म्यान अफ दी म्याचलाई नगद २ हजार, कपबाट पुरस्कृतसमेत गरिने छ ।
प्रतियोगितामा नवलपरासी–११, आयोजक सयपत्री युवा क्लब, पाल्पा–११, फर्साटिकर युवा क्लब, पाच नम्बर प्रदेश प्रहरी तालिम केन्द्र, अभिषेक चर्च ब्यायइज रहजर, सुनौलो संगम युवा क्लब देविनगर, लिस्नु युवा क्लब कोटिहवा, चितवन–११, सिम्रिक युवा क्लब कालिकानगर, सिद्धार्थ युवा क्लब बासगढी, भैरव देशभक्त युवा क्लब नवलपरासी गरि १२ टिमले भाग लिने छन ।
विसं. २०४८ सालमा स्थापना भएको क्लबले सामाजिक कार्य समेत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१५ दिनमा तलब दिने निर्णय कार्यान्वयनमै अलमल

सुनसरी घटनादेखाउँदै तिब्बती अध्ययन सम्मेलन

सम्बन्धित

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

भदौ २४ को घटनाको छानबिन आयोग बन्छ -सस्मित पोखरेल

शक्ति जोगाउन इन्फान्टिनो संघर्षरत, विरोधी मोर्चाबन्दी चर्को

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu