ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नव निर्मित भलिबल ट्रेनिङ र मिडिया सेन्टर शुभारम्भ


admin
२० कार्तिक २०७४, सोमबार   १ : ३५   बजे

पोखरा, २० कात्तिक ।  पोखरा रंगशालाको हातामा नव निर्मित भलिबल ट्रेनिङ सेन्टर र मिडिया सेन्टर आजबाट खुल्ला गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को रु ९५ लाख र पोखरा– लेखनाथ महानगरपालिकाको रु दुई लाख समेत रु ९७ लाखको लागतमा निर्माण गरिएको सो सेन्टरको शुभारम्भ आज यहाँ राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले गर्नुभयो ।

परिषद्को रु १८ लाख ९० हजारको लागतमा निर्माण गरिएको मिडिया सेन्टरमा १० वटा कम्प्युटर, दुई थान ल्यापटप, प्रिन्टर, फोटोकपी र द्रूत गतिको इन्टरनेट सेवा जडान गरिएको छ ।

सन् २०१९ मा नेपालमा आयोजना गरिने १३ औँं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा यहाँ विभिन्न ६ वटा खेल हुने र ती खेलको समाचार संकलनमा सो सेन्टरले सञ्चारकर्मीलाई सहज हुने बताइएको छ ।

सदस्य–सचिव विष्टले डेढ वर्षभित्र पोखरा रंगशाला अन्तर्राष्ट्रियस्तरको नमुना रंगशाला हुने विश्वास व्यक्त गर्नुभयो ।

यस रंगशाला अधिराज्यकै धेरै पूर्वाधार भएको रंगशाला भएको चर्चा गर्दै उहांले अव एक÷दुई दिनभित्रमा एघार करोडको डोम कभर्डहल निर्माण गर्न बोलपत्र आह्वान गरिने र एक अर्बको लागतमा अत्याधुनिक प्याराफिटको पूmटबल मैदान निर्माण गरिने पनि जानकारी गराउनुभयो ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि देशमा राजनीतिक स्थायित्व आउने र खेलकुदको क्षेत्रको विकासमा कायपलटनै हुने विचार व्यक्त गर्दै उहाँले खेलाडीलाई जीविकोपार्जनका लागि मासिक भत्ताको समेत व्यवस्था गर्न लागिएकाले खेलप्रति नेपाली युवायुवतीको आकर्षण बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

युवा तथा खेलकुद मन्त्रीका सल्लाहकार विजय बस्नेतले १३ औं साग खेलकुद प्रतियोगिता तोकिएकै समयमा सम्पन्न गर्न बजेटको कमी हुन नदिइने उल्लेख गर्दै पोखरामा छ भन्दा बढी खेल सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो ।

पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पोखरालाई मोफसलको खेलकुदको राजधानी बनाउने गरी पूर्वाधार निर्माण भइरहेको जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तीजमा दिदीबहिनीलाई उपहार दिने गोविन्दको सपना, भोटेकोशी बाढीले अधुरै बनायो

नेपालको बाढीले भारतलाई पनि जोखिम, सीमापार नदी व्यवस्थापनमा सहकार्य आवश्यक

सम्बन्धित

इंग्ल्यान्डविरुद्ध टी–२० शृंखलाबाट कुशल मेन्डिस बाहिर

नेपाल भलिबल लिगको पहिलो संस्करण आजदेखि

ढोरपाटनकी मिना सुनारले जितिन् ‘पिपुल्स च्वाइस अवार्ड’

मलेसियालाई ६ विकेटले हराउँदै नेपाल लगातार दोस्रो जितसँगै शीर्षस्थानमा

मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनल नजिक

खप्तड फाल्कोन्सले ब्राजिलियन सेटर नेटोलाई अनुबन्ध गर्‍यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu