बुटवल, १९ कार्तिक ।
संघिय सरकारका गृह मन्त्री रामबहादुर थापा बादलले नयां बनेका कानुन कार्यान्वयनलाई ठोस रुपमा लागु गराउने बिषयमा सरकारले प्राथमिकता दिएको बताउनु भएको छ । गृह मन्त्रालय र प्रदेश नम्बर ५ सरकारको आन्तरिक मामीला तथा कानुन मन्त्रालयको आयोजनामा सोमबार देखि बुटवलमा जारी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री थापाले समृद्द र सुखि नेपाली बनाउने सरकारको लक्ष्यले सफलता हासील गर्दै गएको दाबी गर्नुभयो ।
उहांले बिकासको बृद्दीदर ७ प्रतिशतले नाघेको र आगामी वर्षमा ८ प्रतिशत पु¥याउने सरकारको लक्ष्य रहेको बताउंदै चालु वर्षमा आयात घटेर निर्यात बढेको जानकारी दिनुभयो । कानुन कार्यान्वयन सरकारको प्रमुख दायीत्व रहेको बताउंदै गृहमन्त्री थापाले छिट्टै प्रदेश प्रहरी गठन हुने बताउनु भयो ।
सोमबारबाट जारी सुरक्षा गोष्ठीमा मंगलबार राष्ट्रिय परिचयपत्र तथा पंजिकरणका बिषयमा बिभागका निर्देशक चोमेन्द्र न्यौपाने, प्रशासन तथा ब्यवस्थापनका बिषयमा माहाशाखा प्रमुख राम प्रसाद आचार्य, द्धन्द ब्यवस्थापनका बिषयमा महाशाखा प्रमुख इन्दु घिमीरेको प्रस्तुतिकरण रहेको थियो भने बुधवार प्रदेश अन्तर्गत १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको सुरक्षा अवस्थाका बिषयमा प्रतिबेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजक आन्तरीक मामीला तथा कानुन मन्त्रालयले जनाएको छ ।
कार्यक्रममा गृह सचिव प्रेम कुमार राई, प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रदेशका अन्तरिक मामीला तथा कानुन मन्त्री कुलप्रसाद केसी, प्रहरी महासनरिक्षक सर्बेन्द्र खनाल लगायत सुरक्षा अंगका प्रमुखहरुको सहभागिता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्