ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टरिगाउँ विमानस्थलको स्तरवृद्धि गर्न पहल गर्छु– प्रचण्ड


admin
२० कार्तिक २०७६, बुधबार   ७ : ५९   बजे

काठमाडौं २० कात्तिक । पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङको टरिगाउँ विमानस्थलको स्तरवृद्धि गर्नका लागि आफूले पहल गर्ने बताउनुभएको छ । तुलसीपुरमा आज तुलसीपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँगको भेटघाटका क्रममा अध्यक्ष दाहालले वर्तमान अवस्थामा सञ्चालन भइरहेको दाङ विमानस्थलको बिस्तार गर्न आवश्यक रहेकोसमेत धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “म पटकपटक स्थलगत अनुगमनमा समेत गइसकेको छु, वर्तमान अवस्थामा तत्काल धावनमार्गको बिस्तार गरेर एक हजार २०० मिटर गराउँदा ठूला जहाज पनि बस्नसक्ने अवस्था रहेको छ, यसमा राज्यले थप लगानी गर्नुपर्छ ।”

तुलसीपुर उद्योग वाणिज्य सङ्घले पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहाललाई तीनबँुदे ज्ञापनपत्रसमेत बुझाएर यस क्षेत्रको विकास निर्माणका बारेमा ध्यानाकर्षण गराएको छ । त्यस अवसरमा सङ्घका अध्यक्ष वीरबहादुर रावतले दाङ विमानस्थलमा नियमितरूपमा हवाईसेवा सञ्चालन गर्नका लागि इन्धन डिपो स्थापना गर्नुपर्ने, दाङको नारायणपुरमा स्थापना गर्न लागेको अन्तरराष्ट्रिय विमानस्थलको प्रक्रिया तत्काल अगाडि बढाउनुपर्ने मागसहितको ज्ञापनपत्र बुझाउनुभएको हो ।

त्यसैगरी प्रदेश नं ५ भित्रका सबै जनतालाई पाएकपर्ने स्थानमा तत्काल केन्द्र तोक्नुपर्ने र तुलसीपुर उद्योग वाणिज्य सङ्घले निर्माण गर्न लागेको सभाहल अन्तिम चरणमा पुगेको हँुदा पब्लिक पाटर्नसिपको अवधारणालाई अगाडि बढाउन राज्यकोषबाट केही सहयोग आवश्यक रहेको ज्ञापनपत्रमा उल्लेख्य गरिएको छ । ज्ञापनपत्रमा निजी क्षेत्रको व्यावसायिक सुरक्षा र लगानिमैत्री वातावरणको सिर्जना हुनुपर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group