ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शैक्षिक प्रमाणपत्र धितो राखेर अब सहजै कर्जा, यसरी हुँँदैछ कार्यविधि संशोधन


admin
२१ कार्तिक २०७६, बिहिबार   ५ : ०६   बजे

काठमाडौं २१ कात्तिक । सहुलियतपूर्ण कर्जा पाउन कठिनाइ भएको भन्दै कार्यविधि संशोधन गर्न लागिएको छ ।राष्ट्रिय युवा परिषद्ले युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ विनाधितो ल्याइएको ‘सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि–२०७५ अनुसार युवालाई कर्जा पाउन कठिनाइ भएकाले संशोधन गर्न थालेको हो ।

परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले कार्यविधिका कतिपय प्रावधानले युवालाई बैंकबाट कर्जा पाउन सहज बनाउन संशोधन गर्न थालिएको जानकारी गराउनुभयो । युवालाई स्वरोजगार बनाउन सरकारले सात प्रकारका कर्जा प्रवाहमा कृषि, पशुपक्षी मात्र समेटिएकाले नयाँ संशोधन गरिएको प्रस्तावमा पर्यटन क्षेत्रमा समेत कर्जा प्रवाह गर्न सकिने उल्लेख गरिएको छ ।उपाध्यक्ष ढुङ्गेलले पर्यटन व्यवसायले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने भएकाले पर्यटनमा पनि कर्जा प्रवाह गर्न प्रस्ताव गरिएको बताउनुभयो । परिषद्ले अर्थमन्त्रालयमा संशोधनको लागि प्रस्ताव पठाएको छ ।

संशोधनका लागि पठाइएको प्रस्तावमा विद्यार्थीले शैक्षिक प्रमाणपत्रका आधारमा कर्जा लिँदा सक्कल प्रमाणपत्र नराख्नुपर्ने व्यवस्था गरिएको छ । संशोधन प्रस्तावमा “उच्च शिक्षा हासिल गरेका युवालाई प्रदान गरिने शिक्षित युवा स्वरोजगार कर्जाका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले निवेदनको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि धितोस्वरुप राखिनेछ ।”यसैगरी संशोधनका लागि पठाइएको प्रस्तावमा शैक्षिक प्रमाणपत्रका आधारमा परिषद्बाट पनि उद्यमशीलता तथा वित्तीय साक्षरतासम्बन्धी सात दिनको तालीम लिएर कर्जा पाउनसक्ने व्यवस्था रहेको छ ।

यसअघि घरेलु तथा साना उद्योग कार्यालय, सीप विकास तालीम केन्द्र र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट मात्र तालीम लिएको हुनुपर्ने रहेको थियो । संशोधन गरिएको प्रस्तावमा वैदेशिक रोजगारबाट फर्किएका युवालाई तीन वर्ष नबितेको हुनुपर्ने व्यवस्था खारेज गरिएको छ ।यसैगरी विदेशबाट फर्किएका युवालाई सम्बन्धित देशमा कम्तीमा छ महिना तालीम÷काम गरेको कागजातसमेत आवश्यक नपर्ने गरी संशोधनको प्रस्ताव लगिएको छ । यसअघि कर्जाका लागि काम गरेको कागजात पेश गर्नुपर्ने व्यवस्था रहेको थियो ।

यस्तै कार्यविधिमा यसअघि भूकम्पपीडितको निजी आवास निर्माण कर्जा रु तीन लाख दिने भनेकामा रु पाँच लाखसम्म दिने प्रस्ताव गरिएको छ । यसैगरी संशोधन गरिएको प्रस्तावमा अब बैंकले १० प्रतिशतभन्दा माथि व्याजदर लिन नपाउने व्यवस्था गरिएको छ ।यसअघि बैंकको प्रचलित दरमा दुई प्रतिशत बढाउन पाउने व्यवस्था भए पनि अब १० प्रतिशतभन्दा बढी ब्याजदर लिन नपाउने गरी नयाँ प्रस्ताव लगिएको परिषद्का सूचना अधिकारी ध्रुवराज पौडेलले जानकारी दिनुभयो ।

सरकारले २०७५ भदौ २१ गते कार्यविधि स्वीकृत गर्दै युवालाई स्वदेशमा नै स्वरोजगार बनाउनका लागि व्यावासयिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशीलता कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च तथा प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा र भूकम्पपीडितको निजी आवास निर्माण कर्जा भनेर सात प्रकारका विनाधितो कर्जा प्रवाह गर्ने निर्णय गरेको थियो ।

उक्त सात प्रकारका परियोजना सञ्चालन गर्दा रु पाँच लाखदेखि पाँच करोडसम्म विनाधितो ७ देखि १० प्रतिशत व्याजदरमा युवाले कर्जा पाउनेछन् । अहिलेसम्म सहुलियतपूर्ण कर्जा करीब १८ हजार ९०० युवामा प्रदान गरिएको परिषद्का सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो ।“कर्जा प्रवाहको सङ्ख्या हेर्दा हामी सन्तोषजनक छैनौँ । बैंकले अझै लगानी गर्न आनाकानी गरिरहेका छन्”, उहाँले भन्नुभयो, “राज्यले लाखौँ युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ सहुलियतपूर्ण कर्जा प्रवाह गर्न कार्यविधि बनाएको हो ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group