ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चालू वर्षमै ४१ जिल्लामा विद्युतीकरण हुन्छ– ऊर्जामन्त्री पुन


admin
२२ कार्तिक २०७६, शुक्रबार   २ : ४५   बजे

काठमाडौं २२ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले चालू आर्थिक वर्षमै दाङसहित देशका ४१ जिल्लामा विद्युतीकरण गरिने बताउनुभएको छ । उहाँले देशमा विद्युत् उत्पादनको मात्रा बढिरहेकाले देशका अंधिकांंश जिल्लाका प्रत्येक गाउँबस्तीमा विद्युत् पु¥याउने सरकारको लक्ष्य पूरा हुन लागेको बताउनुभयो । “पहिलो चरणमा ४१ जिल्ला पूर्णरुपमा विद्युतीकरण गरिन्छ”, उहाँले भन्नुभयो, “आगामी वर्ष अरु थप जिल्लामा पनि विद्युतीकरण गरिने तयारी छ ।” मन्त्री पुनले विद्युत्सँगै सौर्य, बायोग्यासलगायत वैकल्पिक ऊर्जाका माध्यमबाट देशलाई उज्यालो बनाउने अभियानमा लागिएको बताउनुभयो ।

प्रेस सङ्गठन दाङ शाखले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले हालसम्म केही विद्युत् भारतबाट आयात गरिए पनि आगामी वर्षदेखि भने निर्यातको चरणमा पुगिने जानकारी दिनुभयो । चालू आर्थिक वर्षमा साढे आठ प्रतिशत आर्थिक वृद्धिदर पनि विद्युत्को सहज पहँुचकै कारण सम्भव भएको जिकिर गर्दै मन्त्री पुनले आगामी वर्षमा थप एक हजार मेगावाट विद्युत् मुख्य प्रसारण लाइनमा जोडिने हुँदा कृषि, ऊर्जा, पर्यटन र होटेल व्यवसायमा लगानीको थप बाटो खुलेको छ भन्नुभयो ।

नेपालले भारत, बङ्गलादेश र चीनसँग विद्युत् बेच्ने सहमति गरिसकेकाले आउँदो १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गरेर यी तिनै देशमा विद्युत् बिक्री गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको पनि उहाँले जानकारी गराउनुभयो । सरकारले देशको भौतिक एवं मानवीय विकासका लागि बाह्य र आन्तरिक लगानी बढाइरहेको हुँदा ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा छिट्टै पूरा हुने मन्त्री पुनले आशा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu