ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मनाइयो हरिबोधिनी एकादशी


admin
२२ कार्तिक २०७६, शुक्रबार   ६ : ०९   बजे

काठमाडौं २२ कात्तिक । कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज तुलसीको विशेष पूजाआजा एवं दामोदर विष्णु सँग विवाह गरी मनाइएको छ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनदेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा तुलसीको मठ बनाएर पूजाआजा गर्छन् । आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक स्नान र आकाशदीप दान पनि शुरु हुने गर्छ ।

औषधीय गुणले युक्त तुलसी मानवजीवनका लागि उपयोगी रहेको तथ्य आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । ऋषिमुनिले वन जङ्गलमा वनस्पतिका रूपमा तुलसीको अनुसन्धान गरी उपयोगी भएपछि पूजाआजाको रीत बसालेको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

धेरै रोगमा औषधिको काम गर्ने तुलसी रोपिएको वरपर मलेरियाका जीवाणुसमेत नआउने वैज्ञानिक मत छ । आषाढ शुक्ल एकादशीका दिन घरको मोठमा रोपी पूजा शुरु गरिएको तुलसीको विवाह आज दामोदरसँग गरिदिने प्रचलन छ । आज बिहानै वैदिक सनातन धर्मावलम्बीले स्नान गरी व्रत बसेका थिए । आज चामलबाट बनेका परिकार नखाई फलाहार मात्र गर्ने गरिन्छ ।

आषाढ शुक्ल एकादशीदेखि पूजाआजा शुरु गरिएको तुलसीको मठमा विधिपूर्वक पूजासहित हवन गरेपछि चतुर्मास व्रत समाप्त हुने शास्त्रीय वचन रहेको गौतमले जानकारी दिनुभयो । चार महिना अघिदेखि क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु आज जागा हुनुहुने धार्मिक विश्वास छ । आज जागा हुनुहुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको भीड लागेको थियो ।

बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको थियो । उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको भीड लागेको छ । यी नारायण मन्दिरलाई चार नारायण भनिन्छ ।

चार नारायणको आज एकैदिन पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । यसैले टाढा टाढाबाट पनि भक्तजन सवारीसाधन ‘रिजर्भ’ गरेर चार नारायणको पूजाआजा एवं दर्शन गर्न आएका थिए । चार नारायणको दर्शन गर्न नसक्नेले उपत्यकाको उत्तरी भेगस्थित बूढानीलकण्ठ नारायणस्थानमा गई पूजाआजा एवं दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास छ ।

बूढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु एवं शिवको मूर्ति एउटै ठूलो ढुङ्गामा स्थापना गरिएको छ । मन्दिरमा राति १ बजेदेखि नै भक्तजनको भीड लागेको महन्त निगमानन्द स्वामीले राससलाई जानकारी दिनुभयो । नाराययणस्थानमा आज पाँच लाखभन्दा बढी भक्तजनले दर्शन गरेको उहाँले बताउनुभयो । बूढानीलकण्ठमा आजदेखि कात्तिक शुक्ल पूर्णिमा अर्थात् कात्तिक २६ गतेसम्म विशेष मेला लाग्छ । यहाँ जलकुण्डमाथि भगवान् नारायण सुतेको अलौकिक मूर्ति छ । यो मूर्ति हेर्न आन्तरिकका साथै बाह्य पर्यटकको समेत भीड लाग्ने गर्छ । नेपाल भ्रमण वर्षमा बूढानीलकण्ठको प्रचारप्रसार गर्न सके धेरै पर्यटक भित्र्याउन सकिने मेलामा आउनुभएकी रामकुमारी थापाले बताउनुभयो ।

यसैगरी नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा रहेको नारायण मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको थियो । हरिबोधिनी एकादशीका अवसरमा काठमाडौँको नागार्जुन र बूढानीलकण्ठ नगरपालिकाले सार्वजनिक बिदा दिएका थिए ।
बूढानीलकण्ठ र इचङ्गुनारायण मन्दिरमा विशेष मेला लाग्ने भएकाले दुवै नगरपालिकाले नगरभर सार्वजनिक बिदा दिएका हुन् । देशभरका नारायण मन्दिरमा पनि दिनभर भक्तजनको भीड लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group