ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रविधिले जीवनलाई सहज तुल्याउँछ– मन्त्री बाँस्कोटा


admin
२२ कार्तिक २०७६, शुक्रबार   ७ : २६   बजे

 

काठमाडौं २२ कात्तिक । नेपाल सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले प्रविधिले जीवनलाई सहज तुल्याउने भएकाले त्यसको प्रयोग गर्नुपर्ने बताउनुभएको छ । शाह वंशको कूल देवता एवं ऐतिहासिक रुपमा रहेको आलमदेवी मन्दिरको नाममा हुलाक टिकटमा टाँचा लगाउने कार्यक्रमका लागि कालीगण्डकी गाउँपालिका, आलमदेवी मन्दिरमा आउनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले प्रविधिले विकासको गतिमा बल पु¥याउने बताउनुभयो ।

मन्त्री बाँस्कोटाले भन्नुभयो, “देशको रुपान्तरणका लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दीर्घकालीन सोचलाई पूरा गर्न डिजिटल प्रविधिले महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले सरकारले डिजिटल प्रविधिको विकास र प्रयोगमा लागेको छ ।” प्रविधिको सदुपयोगभन्दा पनि दुरुपयोग गर्ने बढेको प्रति चिन्ता व्यक्त गर्दै उहाँले प्रविधिको दुरुपयोग गरेर समय बर्बाद गर्नेभन्दा सदुपयोग गरेर फाइदा लिन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकार मुलुकको विकास निर्माणको महाअभियानमा रहेको बताउँदै मन्त्री बाँस्कोटाले नेपालका नदीमा पानी जहाज सञ्चालन गर्नुका साथै आफ्नै स्याटलाइट राख्ने बताउनुभयो । सपना नदेखी विकास सम्भव नहुने भन्दै उहाँले विकासका कुरा गर्दा हाँस्नेलाई सरकारले विकासको पाठ पढाएर विकासका लक्ष्य पूरा गरी छाड्ने बताउनुभयो ।

मन्त्री बाँस्कोटाले भारतले प्रकाशन गरेको नक्सामा नेपालको कालापानी र लिपुलेकका विषयमा उठेको प्रसङ्गका बारेमा भन्नुभयो, “नेपाल सरकार स्पष्ट छ, हाम्रो भूमि हामी कुनै पनि हालतमा गुमाउन सक्दैनौँ, यसको कूटनीतिक तवरबाट समाधान गर्छौँ ।”

कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्यालले सरकारको एउटै मात्र लक्ष्य विकास भएकाले सरकारको ध्यान यतिबेला विकास निर्माणमा केन्द्रित भएको बताउनुभयो । मन्त्री अर्यालले सिद्धार्थ राजमार्गको स्तर उन्नतिका लागि सरकारले प्रक्रिया अगाडि बढाएको बताउँदै केही समयमा नै बोलपत्र प्रक्रियामा जाने बताउनुभयो । मन्त्री अर्यालले भन्नुभयो, “विकास निर्माणका काममा तत्कालै प्रगति नदेखिए पनि सरकार योजनाबद्ध ढङ्गले लागेको छ, यसका लागि सबैको सहयोग र सद्भाव आवश्क हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu