ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेल क्षेत्र राष्ट्रको गौरवको क्षेत्र हो– सदस्य कुँवर


admin
२२ कार्तिक २०७६, शुक्रबार   ७ : ४३   बजे

अछाम,२२ कात्तिक । राष्ट्रिय सभा सदस्य शेर बहादुर कुँवरले खेल क्षेत्र राष्ट्रको गौरवको क्षेत्र भएको बताउनु भएको छ । साँफेबगर सामुदायिक सिकाई केन्द्रले साँफेबगरमा आयोजना गरेको अछामको सबै भन्दा ठुलो धन राशीको राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता उद्घाटन कार्यक्रममा बोल्दै कुँवरले यस्तो बताउनु भएको हो ।

उहाँले खेल क्षेत्रलाई म¥यादित बनाउँदै लैजानु पर्ने बताउनु भएको छ । प्रमुख अतिथी कुँवरले खेलकुदसंगै पुराना संस्कृतीहरुलाई पनि जोगाउनु पर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै राष्ट्रियसभा सदस्य कुँवरले खेलकुद प्रतियोगिताको आयोजनाले नेपाल सरकारले लिएको ‘पर्यटन बर्ष २०२०’ लाई पनि टेवा पुग्ने बताउनु भएको छ । उहाँले जल, जमिन र जंगलका धनी भएका कारण ती स्रोतहरुको उपयोगमा लाग्नुपर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै पूर्व जिविस सभापति भरत कुमार स्वारले खेल क्षेत्रको विकासमा सबैले लाग्नु पर्ने बताउनु भएको छ ।उहाँले भलिबल खेलको संरक्षण गर्नुपर्ने धारणा व्यक्त गर्नु भयो । राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता उद्घाटन कार्यक्रममा बोल्दै साँफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुँवरले स्मार्ट साँफेबगर र स्मार्ट खेलाडीको परिकल्पना गरेको बताउनु भएको छ ।

उहाँले खेलकुद ऐनको अभावमा खेलकुद सञ्चालन गरिरहेको र आमामी दिनमा राजनीतिक बहस र खेलाडीहरुसंग सहकार्य गरेर खेलकुद सम्बन्धि कार्यविधि बनाएर नगर खेलकुद समिति बनाईने बताउनु भएको छ । साँफेबगरमा अछामको सबै भन्दा ठुलो धन राशीको राष्ट्रिय पुरुष भलिवल प्रतियोगिताको उद्घाटन गरीएको छ । साँफेबगर नगरपालिका वडा नं। ४ मष्टामाण्डौको स्थित साँफेबगर सामुदायिक सिकाई केन्द्रको आयोजनामा भएको भलिबल प्रतियोगिताको उद्घाटन गरीएको हो । साँफेबगर सामुदायिक सिकाई केन्द्रका अध्यक्ष शिव बहादुर कुँवर शिलोजको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय सभा सदस्य शेर बहादुर कुँवर रहनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group