ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गणेशमानजस्ता राजनेताहरुको स्मृति दिवस मनाउन सरकारसँग माग


admin
२४ कार्तिक २०७६, आइतबार   २ : ११   बजे

काठमाडौं, २४ कात्तिक । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री तीर्थमान डंगोलले गणेशमान सिंहजस्ता राजनेताहरुको स्मृति दिवस मनाउन सरकारसँग माग गर्नु भएको छ ।

काँग्रेस नेता डंगोलले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले बामपन्थीहरुसँग सहकार्य गरेर २०४६ सालको जनआन्दोलन सफल बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएका गणेशमान सिंहलाई कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले बेवास्ता गरेको उल्लेख गर्दै असन्तुष्टि पनि व्यक्त गर्नु भयो । विपी कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइरालाजस्ता राजनेताहरुलाई स्मरण गरेर अघि बढे मुलुकले राम्रो दिशा पाउने उहाँको भनाई थियो । गणेशमान सिंह तथा जनआन्दोलन सहीद स्मृति शान्ति प्रतिष्ठानले २०४६ सालको जनआन्दोलनका सुप्रिम कमाण्डर सिंहको १०५ औं जन्मजयन्तिको अवसर पारेर आईतबार काठमाडौंको शान्ति वाटिकामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता डंगोलले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइराला, पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाको स्मृतिमा सरकार आफैले औपचारिक कार्यक्रम आयोजना गर्नुपर्ने पनि बताउनु भयो ।

त्यस अवसरमा काग्रेस नेता ध्यानगोविन्द रञ्जितले पनि नेपालमा प्रजातन्त्र पुनर्वहालीका लागि गणेशमान सिंहले खेल्नु भएको नेतृत्वदायी भूमिकाको स्मरण गर्नु भएको थियो ।

वामपन्थीहरुसँग सहकार्य गरेर २०४६ सालको जन आन्दोलनलाई सफल बनाउन सुप्रिम कमाण्डरको भूमिका निर्वाह गर्नु भएका स्वर्गीय गणेशमान सिंहलाई नेपाल राष्ट्रले सर्वमान्य नेताको रुपमा स्मरण गर्दै आएको छ । उहाँको देशप्रतिको निःश्वार्थ र समपर्ण भाव अनुसार नेताहरु अघि बढे मुलुकले राम्रो दिशा पाउने काँग्रेस नेताहरुको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group