काठमाडौं २४ कात्तिक । भारतले नेपाली भूमिलाई आफ्नो नक्सामा पारेको विरोधमा देशैभर प्रदर्शन भइरहेको छ ।
हरेक दिनजसो नै राजधानीमा पनि प्रदर्शन भइरहेका छन् । काठमाडौँको माइतीघरमा भएको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शन प्रदर्शनको क्रममा एक दर्जनभन्दा बढी पक्राउ परेका छन् । राष्ट्रवादी केन्द्र नेपालले आयोजना गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी प्रदर्शनकारीलाई लाठी चार्ज गर्दै नियन्त्रणमा लिएको हो ।
गत शनिबार भारतले आफ्नो नया नक्सामा नेपाली भूमि कालापानी क्षेत्रलाई समेत समेटेर जारी गरेपछि त्यसको सर्वत्र विरोध भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्