काठमाण्डौं , २१ काक्तिक । टोटनह्यामका ह्यारी केन र ह्यारी विन्क्सलाई जर्मनी र ब्राजिलसँगको मैत्रिपूर्ण खेलका लागि इंग्ल्याण्डको टिममा राखिएको छैन ।
चोटका कारण केन र विन्क्स टिममा नपरेका हुन् । उनीहरुको साटो वेष्ट ब्रोमका मिडफिल्डर ज्याक लिभरमोर र एभर्टनका माइकल किनलाई टिममा बोलाइएको छ । केनको घुँडामा चोट लागेको छ भने विन्क्सको गोलीगाँठोमा समस्या देखिएको छ । विश्वकप फुटबलमा स्थान बनाइसकेको इंग्ल्याण्डले आउँदो शुक्रबार जर्मनी तथा नोभेम्बर १४ मा ब्राजिलसँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्