ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँका आठ हजार सामुदायिक कुकुरको बन्ध्याकरण सम्पन्न


admin
२५ कार्तिक २०७६, सोमबार   ३ : ०३   बजे

काठमाडौं, २५ कात्तिक ।काठमाडौँ महानगरपालिकाले आफ्ना हरेक वडामा छरिएर रहेका सामुदायिक कुकुरको नियन्त्रण र व्यवस्थापनको लागि मानवीय तरिकाले महानगरीय कुकुर व्यवस्थापन कार्यक्रम मनुमित्र मार्फत आठ हजार सामुदायिक कुकुरको बन्ध्याकरण सम्पन्न गरिसकेको छ ।

कामपाले तीन वर्षअघि बढाएको सो कार्यक्रमअन्तर्गत समाजमा अझै छरिएर रहेका छ हजार यस्ता कुकुरको बन्ध्याकरण हुन बाँकी नै रहेको छ ।ललितपुरमा रही घरपालुवा तथा जङ्गली जनावरको हक हितमा काम गर्दै आएको र हाल विश्वको ३० देशमा काम गर्दै आएको संस्था ‘द जेन गुडअल इन्स्टिच्यूट नेपाल’ को प्राविधिक सहयोगमा मनुमित्रले गरेको सर्वेक्षणअनुसार काठमाडौँमा मात्रै हाल २२ हजार सामुदायिक कुकुर रहेका छन् ।

“हामीले सन् २०१६ मा यो सर्वेक्षण गरेका थियौँ”, मनुमित्र कार्यक्रम संयोजक सङ्गीता सापकोटाले भन्नुभयो, “२२ हजार यस्ता कुकुर मध्ये कूल १४ हजारको बन्ध्याकरण गर्नुपर्ने थियो । आठ हजारको बन्ध्याकरण गरिसक्यौँ भने छ हजारको अझै गर्न बाँकी छ ।” बाइस हजारमध्ये आठ हजार सामुदायिक कुकुर केही बूढा, केही दूध चुसाउने बच्चाको माउ, केही बच्चा रहेकाले यिनीहरुको बन्ध्याकरण गर्न नमिल्ने सापकोटाले बताउनुभयो ।

काठमाडौँमा बढ्दै गएको कुकुरको सङ्ख्याबाट भित्रिने रोगले मानिसमा कुनै असर नपारोस् भनी मनुमित्रले ८० प्रतिशत यस्ता कुकुरलाई रेबिज विरुद्धको खोप लगाइदिइसकेको मनुमित्र सामुदायिक कार्यक्रम संयोजक वसन्त गौतमले जानकारी दिनुभयो ।

मनुमित्रले शुक्रबारका दिन आफ्नो क्लिनिकमा लगेर यस्ता कुकुरको बन्ध्याकरण गरी ‘भी’ आकारमा कान चिरेर चिह्न लगाउने गरेको छ । विसं २०७३ मा द जेन गुडअल इन्स्टिच्यूट नेपालले सामुदायिक कुकुर व्यवस्थापनमा लगानी गरेको थियो । विसं २०७४ मा कामपाले रु ७२ लाखको औषधी खरिद गरिदिएको थियो । यसैगरी २०७६ सालमा कामपाले रु ५० लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको मनुमित्रका संयोजक सापकोटाले बताउनुभयो ।

मनुमित्रले कामपाको सबै वडामा पशु व्यवस्थापन सहायक समुह गठन गरी ३० जना सदस्यसहित २, ३ १३ र १४ बाहेक सबै वडामा रहेका यस्ता कुकुरको बन्ध्याकरणको काम सम्पन्न गरिसकेको छ । मनुमित्रले सामुदायिक कुकुरसम्बन्धी नीति निर्माण गर्न आवश्यक रहेको औँल्याएको छ । हरेक प्रकारका कुकुरको आयु १२ देखि १५ वर्ष हुने हुँदा मनुमित्रले समाजमा रेबिज शिक्षाका कार्यक्रम, विद्यालय शिक्षा कार्यक्रमलगायतका विभिन्न काम गरिरहेको बताइएको छ ।

मनुमित्रले महानगरसँग गरेको तीन वर्षसम्मको सहकार्य हाल अन्तिम चरणमा रहेकाले यसको समाप्तीसँगै समाजमा रहेका यस्ता कुकुरको हेरविचार कसले गर्ला भन्ने चिन्तामा कार्यक्रमका सहभागीको मत छ । यो कार्यक्रम केवल काठमाडौँमा मात्र अघि बढाइएको थियो । यस कार्यक्रमका कारण आफ्ना घरमा कुकुर पाल्ने मानिससमेत सचेत भएका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group