महाेत्तरि, २७ कात्तिक ।अगाममी मंसिर १४ गते हुन गईरहेकाे उपनिर्वाचनकाे लागि पिपरा गाँउपालिकामा अहिलेसम्म दुई जनाले उमेदवरी दर्ता गराएका छन् ।
आगामी मंसिर १४ गते महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा हुन गइरहेको अध्यक्ष पदको निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट विक्रम चौधरी र जनमुक्ति पार्टीबाट इसराजुल धुनियाले उम्मेदवारी दर्ता गराएका छन् । यसअघि २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट उम्मेदवार बनेका चौधरी निकटतम प्रतिद्वन्द्वी हुँदै पराजित भएका थिए ।
राष्ट्रिय जनता पार्टी (राजपा) बाट अध्यक्षमा निर्वाचन विनोद चौधरीको मृत्यु भएपछि गाउँपालिकामा उपनिर्वाचन हुन लागेको छ । दिनको १ बजेसम्म उम्मेदवारी दिने समय रहँद हाल १२ बजेसम्म मात्र २ जनाले उम्मेदवारी दताए गराएका छन् । स्थानीय तह उपनिर्वाचनका लागि बुधवार उम्मेदवारी दर्ता गरिँदैछ ।
प्रतिक्रिया दिनुहोस्