ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संखुवासभामा उपनिर्वाचनका लागी सात वटा दलको मनोनयन दर्ता


एबीसी न्यूज
२७ कार्तिक २०७६, बुधबार   २ : २८   बजे

संखुवासभा, २७ कात्तिक । आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनका लागी संखुवासभा जिल्लामा सात वटा राजनैतिक दलले मनोनयन दर्ता गराएका छन् ।

जिल्लामा ठूला राजनैतिक दल नेपाल कम्प्यूनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस त्यस बाहेकका साना पाँच वटा राजनैतिक दल गरि सात वटा दलले मनोनयन दर्ता गराएका हुन् । बुधबार सदरमुकाम खाँदबारीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा खाँदबारी नगरपालिका वडा नं.–३ बाट नेपाली काँग्रेसका उम्मेदवार बिक्रम गुरुङले ११ बजे नै उम्मेदवारी दर्ता गराउनु भएको थियो ।

त्यसपछि नेपाल कम्प्यूनिष्ट पार्टी (नेकपा) उम्मेदवार भरतकुमार घिमिरेले करिब १२ः३० बजेको समयमा उम्मेदवारी दर्ता गराएको छ । खाँदबारी–३ मा नेकपा र काँग्रेसले मात्रै उम्मेदवारी दर्ता गराएकाले ति दुई दलको मात्रै प्रतिस्पर्धा हुने देखिएको छ ।

त्यसैगरि मकालु गाउँपालिकाको अध्यक्ष पदमा ठूला दलहरु नेपाली काँग्रेसबाट बिमान पराजुली र नेपाल कम्प्यूनिष्ट पार्टी (नेकपा)को तर्फबाट तेजबहादुर पोख्रेलले उम्मेदवारी दर्ता गराउनु भएको छ । त्यसबाहेक साना दलहरु संघीय समाजबादी फोरमबाट नुर्ब शेर्पा, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त (हलो चिन्ह) बाट मानबहादुर बिश्वकर्मा, राष्टिय जनमुक्ति पार्टी रमेश राई, राप्रपा (गाई) बाट मेघनाथ राई र संघीय लोकतान्त्रिक मञ्चबाट कविता राईले उम्मेदवारी दर्ता गराएका हुन् ।

खाँदबारी नगरपालिका वडा नं. ३ का उम्मेदवारले खाँदबारीमा नै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका छन् भने मकालु गाउँपालिकाका उम्मेदवारले मकालु गाउँपालिकाको नै निर्वाचन अधिकृतको कार्यालयका मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्ता गराउन उम्मेदवारहरु पार्टी कार्यकर्ता र झण्डा ¥याली सहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । उम्मेदवारको मनोनयन दर्ता पछि पनि पार्टी कार्यकर्ता सहित झण्डा र ¥याली सहित बजार परिक्रमा गरेका थिए ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागी बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मुख्य र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समयसिमा तोकेको थियो । संखुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तोयानाथ ढुङगाना र मकालु गाउँपालिका अध्यक्ष खडगबहादुर कटवालको असामहिक मृत्यूपछि उक्त दुई वटा स्थान रिक्त भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu