ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एचसिसीएनको क्षेत्रीय सम्मेलन शुरु, लगानी र आर्थिक कूटनीति विस्तारमा जोड


admin
२७ कार्तिक २०७६, बुधबार   ३ : ५२   बजे

काठमाडौं, २७ कात्तिक । आर्थिक कूटनीतिको माध्यमबाट मुलुकको समृद्धिमा टेवा पु¥याउने उद्देश्यले अवैतनिक वाणिज्यदूतहरुको क्षेत्रीय सम्मेलन आजदेखि राजधानीमा प्रारम्भ भएको छ ।

अवैतनिक वाणिज्यदूतहरूको संस्था एचसिसीएन र वाणिज्यदूतको विश्व महासङ्घले आयोजना गरेको सम्मेलनमा आर्थिक कूटनीतिको विस्तार, व्यापार, पर्यटन, संस्कृति तथा सामाजिक क्रियाकलापको माध्यमबाट समृद्धिमा साझेदारी गर्ने कार्यक्रम रहेको छ ।

विभिन्न मुलुकको प्रतिनिधित्व गर्दै सम्मेलनमा सहभागी हुन आएका २०० प्रतिनिधिमार्फत नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरवपूर्ण छविलाई थप उचाइमा पु¥याउने सम्मेलनको उद्देश्य रहेको छ ।

सम्मेलनको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभयो । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवालीले नेपाल राजनीतिक स्थायित्वसँगै आर्थिक रूपान्तरणमा प्रवेश गरेको उल्लेख गर्दै आर्थिकरूपले समृद्ध नेपाल निर्माण नै अहिलेको सरकारको प्राथमिकता भएको बताउनुभयो । उहाँले दिगो विकास लक्ष्य हासिल गर्दै सन् २०३० सम्म नेपाललाई मध्यम आययुक्त मुलुकका रूपमा उभ्याउने गरी सरकारले आफ्नो कामलाई तीव्र गतिमा अघि बढाएको बताउनुभयो ।

मन्त्री ज्ञवालीले संवैधानिकरूपमा नै सबै नागरिकलाई सामाजिक न्याय प्रदान गर्दै ‘समृद्ध नेपाल र सुखी नेपाली’ परिकल्पना साकार पार्ने सङ्कल्पका साथ सरकार अगाडि बढेको बताउनुभयो । पछिल्लो एक दशक राजनीतिक उपलब्धि संस्थागत गर्न समय खर्च गर्नुपरेको यथार्थ सुनाउँदै उहाँले सबल अर्थतन्त्रको माध्यमबाट मुलुकलाई समृद्धशाली बनाउन सकिन्छ भन्नुभयो ।

मुलुकको समग्र विकासका लागि वैदेशिक पूँजी भित्र्याउन सरकारले लगानीसम्बन्धी ऐन कानून जारी गरेको जानकारी गराउँदै उहाँले नेपालमा लगानीका लागि पहल गर्न आग्रह गर्नुभयो । “हामीले वैदेशिक लगानीलाई सहज बनाउन यससम्बन्धी विभिन्न ऐन कानून परिमार्जन गरेका छौँ”, मन्त्री ज्ञवालीले भन्नुभयो, “यसबीचमा एकल विन्दु सेवा सञ्चालनमा ल्याइएको छ, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन जारी भइसकेको छ, वैदेशिक लगानीलाई कानूनीरूपमा नै सुरक्षित गरिएको छ र त्यसको प्रतिफल सजिलै स्वदेश लैजान सकिन्छ ।”

नेपालको परराष्ट्र नीतिको मूलभूत तत्व पञ्चशीलका सिद्धान्त भएको र सबै मुलुकसँग समानताका आधारमा व्यवहार गरिने बताउँदै उहाँले क्षेत्रीय सहकार्य र साझेदारीलाई परराष्ट्र नीतिको केन्द्रमा रहेको स्पष्ट गर्नुभयो । मन्त्री ज्ञवालीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास बिम्स्टेक मार्फत क्षेत्रीयरूपमा समृद्धि खोजिएको बताउनुभयो । एचसिसीएन नेपालको डीन तथा नेपालस्थित दक्षिण अफ्रिकी वाणिज्यदूत प्रदीपकुमार श्रेष्ठले आगामी दशकमा दिगो विकास लक्ष्य हासिल गर्न सबैको सहयोग आवश्यक रहको बताउनुभयो । जलवायु परिवर्तन अहिलेको मुख्य चुनौतीका रूपमा देखिएको उल्लेख गर्दै उहाँले तापमान वृद्धिले ती लक्ष्य प्राप्तिमा व्यवधान उत्पन्न हुनसक्नेतर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले लामो समयको सङ्क्रमणपछि मुलुक आर्थिक विकासको यात्रामा प्रवेश गरेसँगै मुलुकमा लगानीको अवसर प्रशस्त रहेको, जलविद्युत्, उद्योग, सम्पर्क सञ्जाल निर्माण, पूर्वाधार र सेवाक्षेत्रमा लगानीका प्रशस्त अवसर रहेकाले आ–आफ्ना देशका लगानीकर्तालाई प्रोत्साहन गर्न आग्रह गर्नुभयो । वाणिज्यदूतको विश्व महासङ्घका अध्यक्ष डा अएकुट इकेनले दिगो विकास लक्ष्य हासिल गर्न क्षेत्रीय साझेदारी आवश्यक भएकामा जोड दिँदै अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक वृद्धिका लागि महावाणिज्यदूतको भूमिका सक्रिय हुनुपर्ने बताउनुभयो ।

तीन दिनसम्म चल्ने ‘लैङ्गिक समानता’, ‘जलवायु परिवर्तन तथा हिमनदी पग्लने’, ‘सम्पर्क सञ्जाल र समृद्धि’ जस्ता विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group