ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समृद्ध नेपाल निर्माणका लागि भरपर्दो सुरक्षा आवश्यक– मन्त्री थापा


admin
२७ कार्तिक २०७६, बुधबार   ४ : १५   बजे

 

काठमाडौं, २७ कात्तिक । गृहमन्त्री रामबहादुर थापाले समृद्ध नेपाल निर्माणका लागि भरपर्दो सुरक्षा आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित ‘दोस्रो समूहको अपरेसन कमाण्ड तथा नेतृत्व विकास तालीम समापन’ कार्यक्रममा उहाँले देशलाई कमजोर बनाउने तत्वलाई जरैदेखि फालेमात्र देश विकास हुने बताउनुभयो ।

“सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण, लागुऔषध, मानव बेचबिखन र साइबर अपराधजस्ता गतिविधि देशलाई कमजोर बनाउने तत्व हुन्, यिनलाई निस्तेज बनाउनु जरुरी छ”, उहाँले भन्नुभयो ।

राष्ट्रिय अनुसन्धान विभागलाई अझ सुदृढ र विश्वसनीय बनाई व्यावसायिक ‘इन्टेलिजेन्स’ संस्थामा रूपान्तरण गर्न तालीमले सहयोग पुग्ने उहाँको भनाइ छ । गृहमन्त्री थापाले प्रशिक्षणले प्रशिक्षार्थीको विभिन्न ज्ञानको दायरालाई बढाउनुका साथै शारीरिक र मानसिकरूपमा सबल र स्वस्थ भई आत्मविश्वासमा वृद्धि गर्ने बताउनुभयो ।उहाँले गृहमन्त्रालयबाट लागू भएको गृह प्रशासन सुधार कार्ययोजना, २०७४ अन्तर्गतको ८२ बुँदे कार्ययोजनालाई अझ प्रभावकारीरूपमा कार्यान्वयन गर्नका निमित्त सबै सुरक्षा निकायको कार्यक्षमतामा अभिवृद्धि हुन जरुरी रहेको उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्रिय सुरक्षा चुनौतीको पहिचान गरी प्रभावकारी सूचना सङ्कलन र विश्लेषणद्वारा त्यस्ता चुनौतीलाई निस्तेज बनाउन महत्वपूर्ण जिम्मेवारी बहन गर्न अनुसन्धान अधिकृतको व्यावसायिक दक्षता र सीप राष्ट्रिय सुरक्षा र प्रभावकारी सेवा प्रवाहको लागि महत्वपूर्ण हुने बताउनुभयो ।

महानिरीक्षक खनालले राष्ट्रिय सुरक्षासम्बन्धी देखिएका चुनौतीको सामना गर्न अनुसन्धान अधिकृतमा सुरक्षा चुनौतीको मूल्याङ्कन गर्ने, सुरक्षा रणनीतिक एवं योजना निर्माण गर्ने र सम्बन्धित सुरक्षा निकायसँग प्रभावकारी समन्वय गर्नसक्ने क्षमता हुन अपरिहार्य रहेको बताउनुभयो ।राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारीले यस्ता प्रशिक्षणले सुरक्षा निकायबीचको ऐक्यबद्धता र सामूहिक भावनाको अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।पैँतालीस दिने तालीममा २० अनुसन्धान निर्देशकको सहभागिता रहेको प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group