ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपचुनावलाई प्रभाव पार्ने गरी पैसा बाँड्ने तत्वको पैसा कब्जा गर्न सांसद वस्नेतको निर्देशन


एबीसी न्यूज
२८ कार्तिक २०७६, बिहिबार   ८ : १८   बजे


भक्तपुर, २८ कात्तिक । प्रतिनिधिसभा सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले उपचुनावलाई प्रभाव पार्ने गरी पैसा बाँड्ने तत्वको पैसा कब्जा गर्न युवालाई निर्देशन दिनुभएको छ ।

अनेरास्ववियू तथा राष्ट्रिय युवा सङ्घ नेपाल भक्तपुरद्वारा संयुक्तरुपमा भक्तपुर क्षेत्र नं १ ९क० का नेकपाकोतर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार डिपी ढकालको चुनावी प्रचार अभियानअन्तर्गत बुधबार कमलविनायकमा आयोजित युवा तथा विद्यार्थी भेलामा उहाँले सो निर्देशन दिनुभएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं राष्ट्रिय युवा सङ्घ नेपालका इञ्चार्जसमेत रहनुभएका सांसद बस्नेतले भन्नुभयो, “आगामी मङ्सिर १४ गतेको उपनिर्वाचनसम्म युवा गाउँगाउँमा परिचालन हुनुस्, गाउँमा मतदातालाई पैसा बाँडेर वा उपहार दिएर भोट किन्न कोही आउँछन् भने त्यो पैसा कब्जा गर्नुस्, कब्जा गरिएका पैसा त्यही ठाउँको विकासमा लगाउँला, कसैले कानून हातमा लियो भन्छ भने जे पर्छ हामी व्यहोर्छौं ।”

विगतको निर्वाचनका समयमा केही राजनीतिक दलले पैसामा जनतालाई किन्ने प्रयास गरेको चर्चा गर्दै उहाँले आगामी निर्वाचनमा पैसाको भरले नेकपालाई हराउन सकिन्छ कि भन्ने दिवासपना नदेख्न विपक्षीलाई आग्रह गर्नुभयो ।

सांसद बस्नेतले भन्नुभयो, “जनतालाई भेडाबाख्रा जस्तो किनबेच गर्ने जमना अब सकियो, अबको चुनावमा सूर्य उदाएपछि नेकपाको अभियान शुरु हुन्छ, सूर्य अस्ताएपछि बन्द हुन्छ । तर केही राजनीतिक दलको अभियान सूर्य अस्ताएपछि शुरु हुन्छ, सूर्य अस्ताएपछि अँध्यारोमा शुरु हुने अभियानलाई निस्तेज पार्नैपर्छ ।”

आजदेखि मतगणना नसकिएसम्म निर्वाचनको सुरक्षाको जिम्मा युवा र विद्यार्थीको काँधमा रहेको उल्लेख गर्दै उहाँले चुनावलाई प्रभावित पार्ने गलत कार्यलाई रोक्न आजैदेखि लाग्न र नेकपाको पक्षमा पहरेदार भएर उभिन पनि निर्देशन दिनुभयो ।

कार्यक्रममा नेकपा भक्तपुरका इञ्चार्ज दिलीप प्रजापति, सहइञ्चार्ज तथा चाँगुनारायण नगरपाकिालका प्रमुख सोम मिश्र, नेकपा भक्तपुरका जिल्ला अध्यक्ष वचन देउजा, उम्मेदवार डिपी ढकाल, राष्ट्रिय युवा सङ्घका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’, सहसंयोजक रमेश पौडेल, अनेरास्ववियुका संयोजक ऐन महरलगायतले उपनिर्वाचन नेकपाको पक्षमा हुने दाबी गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group