ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘भट्टराईको उम्मेदवारीले राजनीतिमा महिलालाई ऊर्जा’


एबीसी न्यूज
२८ कार्तिक २०७६, बिहिबार   ६ : २७   बजे


चिप्लेढुङ्गा, २८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य सीता गिरीले कास्की–२ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार विद्या भट्टराईको उमेम्दवारीले राजनीतिमा महिलालाई थप ऊर्जा मिलेको बताउनुभएको छ । पोखरा–७ मा आयोजित चुनावी कार्यक्रममा गिरीले विद्या स्वर्गीय रवीन्द्र अधिकारीपत्नी मात्र नभई महिलानेत्री एवं प्राज्ञिक व्यक्तिसमेत रहेको हुँदा नेपाली राजनीतिमा उहाँको आगमनले महिलालाई थप ऊर्जा मिलेको बताउनुभएको हो ।

चुनावी प्रचारप्रसारको क्रममा बिहीबार पोखरा–७ का मतदाताहरु बीच उम्मेदवार भट्टराईले स्वर्गीय अधिकारीको अधूरा सपना पूरा गर्न आफू राजनीतिमा होमिएको बताउनुभयो । उहाँले आरोप प्रत्यारोपको राजनीतिबाट टाढा रहेर आफू स्वच्छ र पारदर्शी राजनीतिमा विश्वास गर्ने बताउनुभयो । आफूलाई मतदाताले गरेको विश्वास र आग्रहलाई स्वीकार्दै अधिकारीको अधूरा सपना पूरा गर्ने प्रतिबद्धता बोकेर चुनावी अभियानमा होमिएको बताउनुभयो ।

पोखरा चक्रपथ, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलगायत महत्वपूर्ण कार्य पूरा गरेरै छाड्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले समाजमा व्याप्त असमानताको अन्त्य गर्दै सुकुम्बासीलाई लालपुर्जा दिलाउने आफ्नो कार्यदिशा रहको बताउनुभयो । पोखरा–७ को विशेषगरी प्रगतिनगर र प्रगतिटोल सुकम्बासी बस्ती पर्दछ ।

पोखराको नयाँबजारस्थित ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयमा आशीर्वाद ग्रहण गर्दै चुनावी प्रचार कार्यक्रम पोखरा–७ अन्तर्गत बिहान प्रगतिनगर, प्रगतिटोल, राधाकृष्ण टोल, घारीपाटन र तीनकुनेलगायत क्षेत्रमा सम्पन्न भएको हो । घरघरबाट निस्केर मतदाताले फूलको गुच्छाले उम्मेदवार विद्याको स्वागत गरेका थिए ।

सो क्षेत्रमा उम्मेदवार विद्या पुग्दा ८६ वर्षीया कृष्णमाया पराजुलीले वडा नं। ७ र १५ जोड्ने पक्की पुल अधिकारीले शिलान्यास गरेको सम्झिँदै विकासमा जोड दिन आग्रह गर्नुभयो ।

पूर्वमन्त्री एवं नेकपा गण्डकी सह–इञ्चार्ज खगराज अधिकारीले सो क्षेत्र झपिन्द्र कार्की र ऋषि परियारले शहादत गरेको क्षेत्र रहेको स्मरण गर्दै शहीदको सपना पूरा गर्ने दिशामा नेकपा सधैँ अग्रपङ्क्तिमा रहेको बताउनुभयो ।
नेकपाका विभिन्न तहका नेता तथा कार्यकर्ताको सहभागिता रहेको कार्यक्रममा साङ्गीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group