ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रीमानको अपूरा सपना पूरा गर्न चुनावी प्रतिस्पर्धामा – उम्मेदवार खत्री


एबीसी न्यूज
२८ कार्तिक २०७६, बिहिबार   ७ : ५३   बजे

दाङ, २८ कात्तिक । यतिखेर पश्चिम दाङका विभिन्न गाउँमा चुनावी चहलपहल निकै बढेको छ । केही समयपहिले सुनसान रहेका गाउँमा अहिले भीडभाड बढेको हो । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनले दाङ निर्वाचन क्षेत्र नं ३ को (२) मा पर्ने गाउँमा चुनावी प्रचारप्रसार बढेको छ ।

सो क्षेत्र तुलसीपुर बजारदेखि केही टाढा रहेको छ । अहिले त्यहाँका घरघरमा उम्मेदवार मत माग्नका लागि घरदैलो गरिरहेका छन् । उम्मेदवार बिहानैदेखि बेलुकासम्म आआफ्ना नेता तथा कार्यकर्ता सँगसँगै आफ्नो पक्षमा मत माग्न मतदाताको घरघरमा पुग्ने गरेका छन् ।

अहिले यहाँको तुलसीपुर बजारका चियापसल तथा बजारका चोकचोकमा उपचुनावको चर्चा परिचर्चा निकै चल्ने गरेको छ । निर्वाचनका लागि दलबाट १२ र स्वतन्त्र दुई गरी १४ जना उम्मेदवार रहेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विमला खत्री, नेपाली काङ्ग्रेसबाट केशव आचार्य, राप्रपाबाट भुपाल रावत, समाजवादी पार्टीबाट डिल्लीबहादुर डाँगी, राष्ट्रिय जनमुक्ति पार्टीबाट धनराज सुनार, नेपाल मजदुर किसान पार्टीबाट सुरेश परियार, राप्रपा (संयुक्त) बाट छोटीलाल थारु, नेकपा मालेबाट हरिप्रसाद डाँगी चुनावी मैदानमा हुनुहुन्छ ।

त्यस्तै नेपाली काङ्ग्रेस (बिपी) बाट दीपककुमार धिताल, नेपाल लोकतान्त्रिक पार्टीबाट झरेन्द्रबहादुर खत्री, मङ्गोल नेशनल पार्टीबाट घनश्याम चौधरी, साझा पार्टीका शिवकुमार चौधरी पनि चुनावी मैदानमा हुनुहुन्छ । स्वतन्त्रबाट गोविन्द केसी र टीकाराम आचार्य पनि चुनावमा उत्रिनुभएको छ ।

चौध उम्मेदवार भए पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का खत्री र नेपाली काङ्ग्रेसबाट आचार्यबीच प्रतिस्पर्धा रहेको छ । नेकपाका उम्मेदवार खत्रीले आफ्ना श्रीमान्को अपूरा सपना पूरा गर्न चुनावी प्रतिस्पर्धामा उत्रिएको बताउनुभयो । उहाँले आफू विजयी हुनेमा ढुक्क रहेको बताउनुभयो ।

उहाँले आफूलाई सबैले पुरानो र त्यागी नेताका रूपमा चिन्ने गरेकाले यसपटक पार्टीभित्र गुटउपगुट पनि नहुने हुँदा आफ्नो जित सुनिश्चित रहेको । नेकपाका उम्मेदवार खत्री यसअघि सवारी दुर्घटनामा परी निधन भएका प्रदेशसभा सदस्य उत्तरकुमार वलीकी धर्मपत्नी हुनुहुनुन्छ । आचार्य काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि तथा सो क्षेत्रका पुराना नेताका रूपमा चिनिनुहुन्छ ।

यसअघिको निर्वाचनमा नेकपाका प्रदेशसभा सदस्य स्व उत्तरकुमार वलीले २३ हजार ९७० मत प्राप्त गरी विजयी हुनुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका बुद्धिराम भण्डारी १७ हजार ५३५ मत ल्याई पराजित हुनुभएको हो । दाङ क्षेत्र नं ३ को २ मा कूल ६८ हजार ७१९ मतदाता रहेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभएको छ । पुरुष मतदाता ३३ हजार ७७८ र महिला मतदाताको सङ्ख्या ३९ हजार ६६० र एक जना तेस्रोलिङ्गी रहेका छन् ।

दाङ निर्वाचन क्षेत्र नं ३ को ९२० मा तुलसीपुर उपमहानगरपालिकाको वडा नं १, २, १० र ११ सँगै शान्तिनगर, दङ्गीशरण र बबई गाउँपालिका पर्दछन् । दाङ निर्वाचन क्षेत्र नं ३ को ९२० मा ३२ मतदानस्थल र ७७ मतदान केन्द्र निर्धारण गरिएको छ ।

यसैबीच निर्वाचनलाई मध्यनजर गरी दाङको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले निर्वाचन सुरक्षा कार्ययोजना बनाई कार्यान्वयन गरिसकेको जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्वाचन सुरक्षाका लागि सबै सुरक्षा निकाय परिचालन गरिएको छ । मतदानस्थलको सुरक्षाका लागि सबै ठाउँमा प्रहरी खटाइसकेको उहाँको भनाइ छ । आगामी मङ्सिर १ गतेदेखि सशस्त्र प्रहरी र नेपाली सेना परिचालन हुने प्रजिअ रिजालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu