काठमाडौं, ३० कात्तिक । काठमाडौंको बानेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवान गोकुलबहादुर रोकायको ज्यान गएको छ ।
शनिबार बिहान बा ९१ प १७६६ नम्बरको मोटरसाइकल सडक डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा महानगरीय प्रहरी प्रभाग बलम्भूमा कार्यरत बाजुराका रोकायको ज्यान गएको प्रहरीले जनाएको छ ।
उहाँको उपचारको क्रममा सिभिल अस्पतालमा ज्यान गएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल पछाडि बसेका उदयपुरको चौदण्डीगढी नगरपालिका–४, का प्रदीप मगरको सिभिल अस्पतालमै उपचार भैरहेको छ ।
प्रदीप सशस्त्र प्रहरी बल राष्ट्रिय प्रतिष्ठान मातातीर्थमा तालिमरत रहेको पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्